Prakash Adhikari April 9, 2020

 

काठमाडौं, २७ चैत्र । कोरोना भाइरसको महामारी अझै मत्थर भएको छैन् । यो घातक रोगको संक्रमणले बुधबारसम्म विश्वमा ८८ हजार ३ सय ३३ जनाको ज्यान लिइसकेको छ । यसले १५ लाख ९ हजार ४ सय ३५ जनालाई बिरामी पारेको छ । ती मध्ये ४८ हजार २८ जनाको स्थिति गम्भीर छ । कुल संक्रमितमध्ये ३ लाख २९ हजार ६ सय ७३ जना उपचारपछि निको भएका छन् ।

बुधबार यस भाइरसको संक्रमणमा परेर ६ हजार २ सय ९७ जनाले जीवन गुमाए भने विश्वभर ७८ हजार ५ सय ५४ नयाँ संक्रमित थपिए ।

बुधबार पनि एकैदिन कोरोना भाइरसको संक्रमणबाट जीवन गुमाउनेको सूचीमा अमेरिका नै शीर्षमा रह्यो । त्यहाँ एकै दिन १ हजार ८ सय २७ जनाले जीवन गुमाए । यो सहित अमेरिकामा कोरोनाबाट जीवन गुमाउनेको संख्या १४ हजार ६ सय ६८ पुगेको छ । त्यहाँ बुधबार २६ हजार ७ सय ६६ जनामा नयाँ संक्रमण देखिएको छ । यो सहित अमेरिकामा कुल संक्रमितको संख्या ४ लाख २७ हजार १ सय १ पुगेको छ ।

अमेरिकापछि बुधबार कोरोनाबाट भएको दैनिक मृत्युमा बेलायत रहेको छ । बेलायतमा यस दिन ९ सय ३८ जनाले जीवन गुमाएका छन् । यो सहित कोरोनाभाइरसको संक्रमणको कारण जीवन गुमाउनेको संख्या बेलायतमा ७ हजार ९७ पुगेको छ । त्यहाँ बुधबार ५ हजार ४ सय ९१ जनामा नयाँ संक्रमण देखिएको छ । बेलायतमा कुल संक्रमितको संख्या ६० हजार ७ सय ३३ पुगेको छ ।

स्पेनमा बुधबार कोरोना भाइरसको प्रकोपबाट ७ सय ४७ जनाले जीवन गुमाएका छन् । त्यहाँ कोरोनाबाट जीवन गुमाउनेको संख्या १४ हजार ७ सय ९२ पुगेको छ । बुधबार स्पेनमा ६ हजार २ सय ७८ जना नयाँ बिरामी थपिएका छन् । त्यहाँ कोरोना भाइरसबाट संक्रमितको कुल संख्या १ लाख ४८ हजार २ सय २० पुगेको छ ।

बुधबार इटालीमा ५ सय ४२ जनाले कोरोनाको प्रकोपमा परी जीवन गुमाए । हालसम्म कोरोनाको कारण जीवन गुमाउनेको संख्या इटालीमा १७ हजार ६ सय ६९ पुगेको छ । त्यहाँ बुधबार ३ हजार ८ सय ३६ जनामा नयाँ संक्रमण देखिएको छ । इटालीमा कोरोना भाइरसबाट संक्रमितको संख्या १ लाख ३९ हजार ४ सय २२ पुगेको छ ।

फ्रान्समा बुधबार ५ सय ४१ जनाले कोरोना संक्रमणमा परेर मृत्युवरण गरेका छन् । त्यहाँ यस घातक भाइरसबाट हालसम्म १० हजार ८ सय ६९ जनाले जीवन गुमाएका छन् । बुधबार एकै दिन त्यहाँ ३ हजार ८ सय ८१ जनामा नयाँ संक्रमण देखिएको छ । हालसम्म फ्रान्समा कोरोना भाइरस संक्रमितको संख्या १ लाख १२ हजार ९ सय ५० पुगेको छ ।

जर्मनीमा बुधबार कोरोनाभाइरसको संक्रमणमा परेर ३ सय ३३ जनाको जीवन गएको छ । योसहित जर्मनीमा कोरोनाबाट जीवन गुमाउनेको संख्या २ हजार ३ सय ४९ पुगेको छ । त्यहाँ बुधबार एकैदिन ५ हजार ६ सय ३३ जनाले जीवन गुमाए यो सहित जर्मनीमा कोरोनाबाट संक्रमितको संख्या १ लाख १३ हजार २ सय ९६पुगेको छ ।

चीनमा बुधबार कोरोनाबाट जीवन गुमाउने र नयाँ संक्रमितको संख्या उपलब्ध छैन तर हालसम्म यस रोगको प्रकोपमा परेर त्यहा ३ हजार ३ सय ३३ जनाले जीवन गुमाएका छन् भने ८१ हजार ८ सय २ जना यसको संक्रमणमा परेका छन् ।

बेल्जियममा बुधबार कोरोना भाइरसको संक्रमणमा परेर २ सय ५ जनाले जीवन गुमाए । यो सहित त्यहाँ कोरोनाबाट जीवन गुमाउनेको संख्या २ हजार २ सय ४० पुगेको छ । त्यहाँ बुधबार एकैदिन कोरोनाभाइरसका १ हजार २ सय ९ जना नयाँ बिरामी थपिएका छन् । बेल्जियममा यस भाइरसबाट संक्रमितको संख्या २३ हजार ४ सय ३ पुगेको छ ।

नेदरल्याण्डमा कोरोनाभाइरसको प्रकोपमा परी बुधबार १ सय ४७ जनाले जीवन गुमाएका छन् । यो सहित कोरोनाभाइरसको कारण जीवन गुमाउनेको सख्ंया २ हजार २ सय ४८ पुगेको छ । बुधबार एकैदिन त्यहाँ थप ९ सय ६९ जनामा यसको संक्रमण देखिएको छ । नेदरल्याण्डमा कुल संक्रमितको संख्या २० हजार ५ सय४९पुगेको छ ।

कोरोनाभाइरसको संक्रमणमा परेर बुधबार ब्राजिलमा १ सय ३४ जनाले जीवन गुमाएका छन् । यो सहित कोरोनाभाइरसबाट अधिक प्रभावित दक्षिण अमेरिकाको यो देशमा मृत्यु हुनेको संख्या ८ सय २० पुगेको छ । ब्राजिलमा बुधबार २ हजार १ सय ५४ जनामा यसको नयाँ संक्रमण देखिएको छ । ब्राजिलमा यसको संक्रमणमा पर्नेको संख्या १६ हजार १ सय ८८ पुगेको छ ।

इरानमा बुधबार कोरोनाको प्रकोपबाट १ सय २१ जनाले जीवन गुमाए । योसहित कारोना भाइरसको संक्रमणमा परेर जीवन गुमाउनेहरुको संख्या त्यहाँ ३ हजार ९ सय ९३ पुगेको छ । बुधबार त्यहाँ १ हजार ९सय ९७ जनामा नयाँ संक्रमण देखिएको छ । इरानमा कोरोनाको संंक्रमणमा पर्नेहरुको कुल संख्या ६४ हजार ५ सय ८६ पुगेको छ ।

नेपालको छिमेकी मुुलुक भारतमा बुधबार १८ जनाले कोरोनाको कारण जीवन गुमाए । त्यहाँ हालसम्म यो भाइरसको संक्रमणबाट १ सय ७८ जनाको जीवन गएको छ । सो दिन भारतमा ५ सय ६५ जनामा नयाँ संक्रमण देखिएको छ । भारतमा हालसम्म कोरोनासंक्रमितको संख्या ५ हजार ९ सय १६ पुगेको छ ।

Share Now

Leave a comment.