Prakash Adhikari April 26, 2020

 

लण्डन(संयुक्त अधिराज्य),१४ बैशाख(बीबीसी) । कोरोनाभाइरस संक्रमणको महामारीबाट विश्वभर जीवन गुमाउनेहरुको संख्या २ लाख नाघेको छ ।

घातक कोरोनाभाइरसको संक्रमणबाट भएको मानवीय क्षतिको अभिलेख राख्दै आएको संयुक्त राज्य अमेरिकास्थित जोन हप्किन्स विश्वविद्यालयका अनुसार युरोपेली मुलुकहरुमा यसको प्रकोप स्थिरअवस्थाबाट घट्दै गएको छ भने अफ्रिकी मुलुकहरुमा प्रकोप सुरु हुँदै छ ।

अहिलेसम्म २८ लाखभन्दा बढी व्यक्तिमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । अमेरिकामा मात्रै ५० हजार बढी(बल्र्डोमिटर इन्फोका अनुसार हालसम्म ५४ हजार २ सय ५६ जना)को मृत्यु भएको छ ।

गत जनवरी ११ मा चीनका सञ्चार माध्यममा कोरोनाभाइरसबाट पहिलो मृत्यु भएको खबर सार्वजनिक भएयता यो घातक भाइरसको प्रकोप संसारको २ सय १० मुलुकाहरुमा फैलिएको छ ।

विश्वका पाँच देशहरुमा मृत्युको संख्या २० हजारमाथि पुगेको छ यद्यपि मृतकको संख्या गणनाका विधिहरुमा भने विविधता देखिएको छ ।

अमेरिका,इटाली,स्पेनमा मृतकको संख्या उच्च देखिएको छ । बेलायतको स्वास्थ्य सेवा विभागले बेलायतका अस्पतालहरुमा कोरोनाभाइरसबाट मर्नेहरुको संख्या शनिवारसम्म २० हजारभन्दाबढी पुगेको घोषणा गरेको छ ।

गृहमन्त्री प्रिती पाटिलले यो संख्यालाई दुःखद र भयानक कोशेढुंगो भएको उल्लेख गर्दै समग्र राष्ट्र नै शोकाकूल भएको बताउनुभएको छ । बेलायतको दैनिक तथ्यांकमा घरमा र नर्सिड. होममा मरेकाहरुको संख्या समावेश गरिएको छैन । यसैले वास्तविक संंख्या सार्वजनिक गरिएको भन्दा निश्चय नै बढी छ ।

फ्रान्स जसले हेरचाह गृहहरुमा भएको मृत्युलाई पनि समेटेको छ, उसले शनिवार मृतकको संख्या ३ सय ६९ ले बढेको जनाएको छ ।

मार्चको सुरुदेखि फ्रान्समा २२ हजार ६ सय १४ जनाको यो भाइरसको कारण मृत्यु भएको छ तर स्वास्थ्य अधिकारीहरुले अस्पतालमा मृत्युदर घटिरहेको बताएका छन् । आइसीयुमा आउने बिरामीहरुको संख्या १७ दिनदेखि निरन्तर घटिरहेको छ ।


पछिल्ला विकासक्रममाः

  • विश्व स्वास्थ्य सङ्गठनका अनुसार निको भइसकेका व्यक्तिहरूलाई पुनः सङ्क्रमित हुनबाट बचाउन नसकिने हुन सक्छ
  • न्यूयोर्कका गभर्नरले स्वतन्त्र फार्मेसीहरूलाई कोभिड-१९ को परीक्षण गर्ने जिम्मा दिने बताएका छन्। न्यूयोर्कमा १६ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ
  • तस्वीरमार्फत्‌ गरिने यौन दुर्व्यवहारका घटनालाई हेर्ने ब्रिटेनको रिभेन्ज पोर्न हेल्पलाइनका अनुसार लकडाउनका बेला उजुरी गर्ने व्यक्तिहरूको सङ्ख्यामा वृद्धि भएको छ
  • बेलारुसस्थित एउटा अनाथालयले अपाङ्गता भएका १३ बालबालिका र १० जना कर्मचारीमा कोरोनाभाइरस सङ्क्रमण देखिएपछि सहयोगका लागि सरकारलाई अपील गरेको छ।

विश्व स्वास्थ्य संगठनले भनेको छ, ती विरामीहरु जो यो संक्रमणबाट निको भएका छन्, पुनःसंक्रमणबाट सुरक्षित हुने कुनै ग्यारेन्टी गर्न सकिदैन ।

यस हप्ताको सुरुमा विश्व स्वास्थ्य संगठनले अफ्रिा पूर्वी यूरोप र केन्द्रीय तथा दक्षिण अमेरिकामा कोरोनाभाइरसको संक्रमण बढ्दै गएको उल्लेख गरेको थियो ।

संगठनका महानिर्देशक डा.टेड्रोस अधानम गेहब्रियससले भन्नुभएको छ, पश्चिम यूरोपका अधिकांश मुलुकहरुका महामारीको विनास स्थिरता वा ह्रासोन्मुख भैरहेको बेला धेरै मुलुकमा यो रोग सुरु भएको छ ।

सुरुमा महामारीमा परेका देशहरुमा संक्रमणका घट्नाहरु पुनरावृत्ति भैरहेका छन् ।

Share Now

Leave a comment.