Prakash Adhikari May 15, 2020

 

काठमाडौं, २ जेठ । नेपाली कांग्रेसले कोरोना भाइरसको संक्रमण र यसबाट देशलाई र आमनागरिकलाई जोगाउने क्रममा चालिएका कदमबाट अर्थतन्त्रमा पर्न जाने असरको आकलन गरी त्यसलाई न्यूनीकरण गर्ने उपाय सुझाउन लगानी, पूर्वाधार र रोजगार दृष्टिकोण एवं दिगो परियोजना केन्द्रित बिशेष समिति गठन गरको छ ।

नेपाली कांग्रेसको बैशाख १७ मा सम्पन्न केन्द्रीय कार्य समितिको बैठकले कोरोनाले देशको विभिन्न क्षेत्रमा परेको असर अध्ययन गरि देशका लागि आवश्यक कार्य गर्न विभिन्न समिति गठन गर्ने निर्णय गरेको थियो ।

नेपालका एकमात्र घोषित डलरका अर्बपति उद्योगी तथा सांसद विनोद चौधरीको संयोजकत्वमा गठित सो समितिमा दिपक खड्का, उमेश श्रेष्ठ, ईन्द्र बानियाँ, टेकबहादुर गुरुङ, कर्मा घले, जिप छिरिङ लामा, छत्र गिरि, सूर्यबहादुर के.सी, मोहन आचार्य,तेजुलाल चौधरी, अनिल रुङ्गटा, बिष्णुबहादु खड्का, पूर्णबहादुर तामाङ र खगेश्वर बोहरा रहनुभएको छ ।

नेपाली कांग्रेसको मुख्य सचिव कृष्णप्रसाद पौडेलले दिनुभएको जानकारी अनुसार समितिले तत्काल कोरोनाका कारण नेपालको लगानी, पूर्वाधार र रोजगारको क्षेत्रमा परेको असरलाई तत्कालीन र दूरगामी रूपमा सम्बोधन गर्न सकिने नीति बारे आवश्यक अध्ययन पश्चात् पार्टीको ‘अर्थतन्त्र केन्द्रीत बिशेष समिति’ लाई सुझाव दिने छ ।

त्यस्तै यसले दीर्घकालीन रूपमा लगानी, पूर्वाधार र रोजगारको क्षेत्रमा दूरगामी दृष्टिकोण साथ दिगो परियोजनाहरुको परिकल्पना र कार्यान्वयनमा भूमिका निर्वाह गर्नेछ । समितिको संख्या २१ मा नबढ्ने गरि थप गरिने बताइएको छ ।

Share Now

Leave a comment.