Prakash Adhikari January 22, 2018

काठमाडौं, ८ माघ । काँग्रेसले प्रदेश ७ बाट राष्ट्रिय सभा सदस्य निर्वाचनका उम्मेदवारको नाम टुंगो लगाएको छ । सोमबार बसेको बैठकले प्रदेश ७ बाट उम्मेदवारी दिने चार जनाको नाम टुंगो लगाएको छ ।

बैठकले प्रदेश ७ बाट बद्री पाण्डे (खुला), तारादेवी भट्ट (महिला), छत्रराज जोशी (अपाङ्ग) र सेरीराम पार्की (दलित) उम्मेदवार रहने निर्णय गरेको हो ।

अन्य प्रदेशका उम्मेदवारको टुंगो लगाउन बाँकी नै छ । कांग्रेससंग मधेशवादी दलहरुले ५ सीट मागेर तालमेल गर्ने प्रस्ताव पनि राखेका छन् ।

राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन अनुसार दलित, अपाङ्ग वा अल्पसंख्यक संख्यकमा बहुमतीय र तीन महिला सदस्य र अन्य अर्थात् खुलामा एकल संक्रमणीय मत प्रणाली अपनाउने उल्लेख छ ।

Share Now

Leave a comment.