काठमाडौं,२६ जेठ । नेपालमा कोरोना संक्रमितको संख्या ३ हजार ७ सय ६२ पुगेको छ । सोमबार ३ सय १४ जना बिरामी थपिएेसंगै संक्रमितको संख्या ४ हजारको निकट पुग्न लागेका हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार सोमबार थपिएका ३ सय १४ संक्रमितमा २ सय ९४ पुरुष र २० जना महिला रहेका छन्।
यससँगै देशभर संक्रमितको संख्या ३ हजार ७ सय ६२ पुगेको छ। प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला बिराटनगरमा गरिएको परीक्षणमा १६ जनामा स्रंक्रमण पुष्टि भएको छ। जसमा झापाका ६ जना, कोशी गाउँपािलका सुनसरीका १ जना, मोरङको धनपालथान गाउँपालिका, लेटाङ र रौतामाईका ९ जना रहेका छन्।
कोशी अस्पतालमा झापाकै ९ जनामा संक्रमण पुष्टि भएको छ। गौरीगञ्ज, मेचीननगर र हल्दीबारीमा रहेका तीनजनामा संक्रमण पुष्टि भएको छ। जसमा पाँचथर लालिखर्क गाउँपालिका घर भइ हल्दीबारी क्वारेन्टाइनमा रहेका १ जनासहित छन्। सप्तरीको राजबिराज नगरपालिकाका ६ जना रहेका छन्।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा १६ जनामा कोरोना पुष्टि भएको छ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा १५ जना संक्रमित भेटिएका छन्। उनीहरु १६ देखि २५ वर्षका पुरुष छन्।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा २ जना संक्रमिट भेटिएका छन्। १ जना स्याङ्जाका ६० वर्षीय र अर्का ४२ वर्षीय पोखराका पुरुष छन्।
नारायणी अस्पतालमा पर्साको जगन्नाथपुरीका का ८ जना संक्रमित भेटिएका छन्। त्यहीँ बाराका स्वर्ण गाउँपालिकासहितका ७ जना रहेका छन्। रौतहट गढिमाई क्वारेन्टाइनबाट ४ जना पुरुष छन्।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा बगलाचुली र घेराही उपमहानगरपालिकाका ४ जना संक्रमित भेटिएका छन्।
भेरी अस्पताल बाँके जानकी गाउँपालिकाका १ जना, बर्दियाका मधुववन, ठाकुरबाबा बर्दियाका १८ जना संक्रमित भेटिएका छन्।
सुर्खेतमा गरिएको परीक्षणमा आठबीसकोट, गुराँसा र नौमुलेसहितका गाउँपालिकाका १० जना रहेका छन्। सल्यानको बनगाढ कुपिन्डेसहित ५ जना रहेका छन्। सुर्खेतको बराह ताल गाउँपालिकाका १ जना रहेका छन्।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा लुम्बिनीमा ६५ जनामा कोरोना पुष्टि भएको छ। रुपन्देहीमा ६५ जनामा कोरोना पुष्टि भएको छ। जहाँ अर्घाखाँचीको पणिनी र शीतगंगाका ३१ संक्रमित भेटिएका छन्।
गुल्मी घर भइ लुम्बिनी मेडिकल कलेजमा रहेका १ जनामा पनि कोरोना देखिएको छ। त्यसैगरी कपिलवस्तुका १७ जनामा कोरोना देखिएको छ। नवलपरासीका २ जनामा पनि संक्रमण पुष्टि भएको छ। पाल्पा घर भइ हाल लुम्बिनी मेडिकल कलेजमा रहेका १ जनमा पनि पुष्टि भएको छ।
उता प्युठानका ८ जनामा पनि संक्रमण देखिएको छ। उनीहरु लुम्बिनी विश्वविद्यालय क्वारेन्टाइनमा रहेका छन्। त्यसैगरी रुपन्देहीका ५ जनामा पनि संक्रमण भएको छ।
जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा कपिलवस्तु महाराजगञ्ज नगरपालिकाका ७ जना, महोत्तरीका १२ जना पुरुषमा पनि कोरोना देखिएको छ। रौतहटका ७ जना पुरुष, सर्लाहीका विभिन्न स्थानका सर्लाहीका १ सय ६ जनामा कोरोना देखिएको छ।


















