काठमाडौं, २८ जेठ । नेपालमा कोरोना भाइरसको संक्रमणमा परेकाहरुको संख्या ४ हजार ३ सय ६४ पुगेको छ । विगत २४ घण्टामा थप २ सय ७९ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएसंग यो संख्या कायम भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ।
नेपालमा भेटिएका संक्रमित विरामी मध्ये ६ सय ७४ जना निको भएका छन् भने १५ जनाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभएको छ ।

मन्त्रालयका अनुसार विगत २४ घण्टामा ४ हजार ४ सय १४ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको थियो। यससँगै कोरोनाभाइरस सङ्क्रमण पुष्टि गर्न प्रयोग हुने उक्त परीक्षणको सङ्ख्या १ लाख १० हजार ७ सय ४४ पुगेको डा. गौतमले बताउनुभयो।
नेपालमा नयाँ कोरोनाभाइरस सङ्क्रमण
१० दिनमा यसरी बढ्यो सङ्क्रमण पुष्टि हुने क्रम
स्रोतः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय
क्वारेन्टाइनमा भएका मानिसको परीक्षणमा तीव्रता दिइएकाले सङ्क्रमितको सङ्ख्या बढेको सरकारी अधिकारीहरूको भनाइ छ।
अहिले देशभरि १ लाख ७२ हजार जनाभन्दा बढी व्यक्ति क्वारन्टाइनमा छन्। तीमध्ये अधिकांश भारतबाट फर्किएका हुन्।
सरकारको तथ्याङ्कअनुसार सुदूरपश्चिम प्रदेश, प्रदेश नं ५, कर्णाली प्रदेश र प्रदेश नं २ मा सर्वाधिक सङ्ख्यामा मानिसहरू क्वारन्टाइनमा छन्।
नेपालमा कोरोनाभाइरस सङ्क्रमण
जेठ २८, बुधवार अपराह्ण ४स्३० बजेसम्मको तथ्याङ्क
४,३६४ कुल सङ्क्रमण
७२ प्रभावित जिल्ला
विगत २४ घण्टामा पीसीआर विधिबाट परीक्षण ४,४१४
चिकित्सकीय निगरानीमा अलग्गै ३,६७५
देशभरि क्वारन्टाइनमा १,७२,२६६
अहिलेसम्म निको ६७४
स्रोतः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय
अहिलेसम्म प्रदेश नं २ र ५ मा सर्वाधिक सङ्ख्यामा कोभिड १९ भएका व्यक्ति छन्।



















