Prakash Adhikari June 18, 2020

काठमाडौं, ४ आषाढ । नेपालमा कोरोना भाइरसको संक्रमणले दैनिक नयाँ रेकर्ड बनाउन थालेको छ । विगत २४ घण्टामा थप ६ सय ७१ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ।

योसँगै बिहीवार अपरान्ह देशभरि पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या ७ हजार ८ सय ४८ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।

तीमध्ये १ हजार१ सय ८६ जना निको भएका र २२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

अहिले फेला परेका सङ्क्रमित व्यक्तिहरू विभिन्न जिल्लाका हुन्।

प्रदेश नं २ र ५ मा सर्वाधिक सङ्ख्यामा कोभिड १९ भएका व्यक्ति भेटिएका हुन्।

सरकारले बुधवार एकै दिन सर्वाधिक ५ सय ८६ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको बताएको थियो।

मङ्गलवार पुष्टि भएको सङ्क्रमितको सङ्ख्या ३ सय ८० थियो।

बुधवार मन्त्रालयका पुष्टि गरेका दुई मृतकमध्ये एक महिला र एक पुरुष छन्। उनीहरू कैलालीका हुन्।

तीमध्ये ४६ वर्षीय पुरुषलाई जेठ ३१ गते नै सङ्कमण पुष्टि भएको थियो। अस्पतालमा भर्ना भएका उनको असार ३ गते बेलुका मृत्यु भएको डा. गौतमले बताउनुभयो।

त्यसैगरी जेठ ३१ गते टाउकोमा चोट लागी अस्पताल भर्ना भएकी ४३ वर्षीया महिलाको शल्यक्रिया गर्नुअघि असार २ गते परीक्षण गर्न नमुना सङ्कलन गरिएको थियो।

तर उनको निधन भएपछि आएको परीक्षणमा उनमा पनि कोरोनाभाइरस देखिएको मन्त्रालयले जनाएको छ।

के छ अरू तथ्याङ्क ?

मनाङमा पनि सङ्क्रमित भेटिएपछि ७७ मध्ये ७४ जिल्लामा कोभिड-१९ पुगेको पुष्टि भएको छ।

मन्त्रालयका अनुसार विगत २४ घण्टामा ५ हजार ७ सय ४६ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको थियो।

कोरोनाभाइरस

यससँगै कोरोनाभाइरस सङ्क्रमण पुष्टि गर्न प्रयोग हुने उक्त परीक्षणको सङ्ख्या १ लाख ५५ हजार ५ सय १८ पुगेको छ।

क्वारेन्टाइनमा भएका मानिसको परीक्षणमा तीव्रता दिइएकाले सङ्क्रमितको सङ्ख्या बढेको सरकारी अधिकारीहरूको भनाइ छ।

अहिले देशभरि १ लाख १६ हजार २ सय भन्दा बढी व्यक्ति क्वारेन्टाइनमा छन्। तीमध्ये अधिकांश भारतबाट फर्किएका हुन्।

सरकारको तथ्याङ्कअनुसार सुदूरपश्चिम प्रदेश, प्रदेश नं ५, कर्णाली प्रदेश र प्रदेश नं २ मा सर्वाधिक सङ्ख्यामा मानिसहरू क्वारेन्टाइनमा छन्।

Share Now

Leave a comment.