काठमाडौं, ११ आषाढ । नेपालमा प्राणघातक कोरोना भाइरसको संक्रमणमा परेका बिरामीहरुको संख्या ११ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ४ सय ३४ जना कोरोना संक्रमित भेटिएपछि बिहिबार नेपालमा कुल संक्रमितको संख्या ११ हजार १ सय ६२ पुगेको छ ।
संक्रमित मध्ये २६ जनाको मृत्यु भएको छ भने २ हजार ५ सय ६० जना निको भएर फर्किएका छन् ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो पछिल्लो २४ घण्टामा ३ सय १२ जना निको भएका छन् । जसमा महिला ४८ जना र पुरुष २ सय ९३ जना उपचारपछि निको भएका हुन् ।
बुधवार ६ सय २९ जनामा सङ्क्रमण पुष्टि भएको थियो। गत साता असार ४ गते एकै दिन सर्वाधिक ६ सय ७१ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको थियो।

अहिले प्रदेश नं २ र ५ कोभिड-१९ बाट सर्वाधिक प्रभावित भएको देखिएको छ। कर्णाली प्रदेशमा पनि सङ्क्रमितको सङ्ख्या बढिरहेको छ।
डा. गौतमका अनुसार सोमवार राति पोखरास्थित अस्पतालमा मृत्यु हुने व्यक्ति स्याङ्जाका हुन्। उनमा मधुमेह र श्वासप्रश्वासमा समस्या थियो।
कोभिड(१० पुष्टि भएपछि बिरामीह्लाई असार ८ गते पोखरा ल्याएर अस्पतालमा भेन्टिलेटरमा राखिएको थियो। उनको असार १० गते राति मृत्यु भएको डा. गौतमले बताउनुभयो।
अर्का मृतक ललितपुरका हुन्। उनको पाँच महिनाअघि मिर्गौला प्रत्यारोपण गरिएको र स्वास्थ्यमा समस्या आएपछि परीक्षण गर्दा उनमा कोरोनाभाइरस सङ्क्रमण देखिएको थियो।
पाटन अस्पतालमा राखेर उपचार भइरहँदा बिहीवार बिहान उनको मृत्यु भएको हो ।
नेपालका ७७ जिल्लामध्ये अहिलेसम्म रसुवाबाहेक सबै ७६ जिल्लामा कोरोनाभाइरसबाट सङ्क्रमित व्यक्ति फेला परेका छन्।
डा. गौतमका अनुसार विगत २४ घण्टामा ६ हजार ५ सय ४३ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको थियो।
- नेपालमा कोरोनाभाइरस सङ्क्रमण
असार ११ गते बिहीवार अपराह्ण ४ : ३० बजेसम्मको तथ्याङ्क - ११,१६२ कुल सङ्क्रमण
- ७६ प्रभावित जिल्ला
- विगत २४ घण्टामा पीसीआर परीक्षण ६,५४३
- चिकित्सकीय निगरानीमा अलग्गै ८,४८६
- देशभरि क्वारेन्टाइनमा ७४,०२२
- अहिलेसम्म निको २,६५०
स्रोतः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय
यससँगै कोरोनाभाइरस सङ्क्रमण पुष्टि गर्न प्रयोग हुने उक्त परीक्षणको सङ्ख्या १ लाख ९९ हजार ७ सय ३७ पुगेको छ।
क्वारेन्टाइनमा भएका मानिसको परीक्षणमा तीव्रता दिइएकाले सङ्क्रमितको सङ्ख्या बढेको सरकारी अधिकारीहरूको भनाइ छ।
अहिले देशभरि ७४ हजार भन्दा बढी व्यक्ति क्वारन्टीनमा छन्। तीमध्ये अधिकांश भारतबाट फर्किएका हुन्।
सरकारको तथ्याङ्कअनुसार सुदूरपश्चिम प्रदेश, प्रदेश नं ५, कर्णाली प्रदेश र प्रदेश नं २ मा सर्वाधिक सङ्ख्यामा मानिसहरू क्वारेन्टाइनमा छन्।


















