Prakash Adhikari July 22, 2020

बेसीशहर(लमजुड.), ७ साउन । उत्तरी लमजुङको मर्स्याङ्दी गाउँपालिका ३ तरापु पल्लोटारीमा बुधबार बिहान आएको पहिरोले १८ घर पुरिएका छन् भने तीन जना घाइते भएका छन् ।

गाउँपालिका अध्यक्ष अर्जुन गुरूङले दिनुभएको जानकारी अनुसार बिहानमा पहिरो आएको देखिएकोले गाँउका बासिन्दाहरु सुरक्षित स्थानमा जान सफल भएका थिए । त्यसकारण मानवीय क्षति भने हुन पाएन ।

मुख्यतः गुरुड.समुदायको बस्ती रहेको सो गाँउमा झण्डै ८० घर रहेका छन्। पहिरोका वरिपरि रहेका अन्य घरहरू अहिले जोखिममा रहेका छन्।

घटनास्थलमा पुगेको प्रहरीसहित स्थानीयवासीको टोलीले पहिरो हटाउने प्रयास थालेका छन् ।

मर्स्याङ्दी गाउँपालिकाकै भुलभुलेमा पहिरोले ३ वटा घर भत्किएका छन्।

Share Now

Leave a comment.