Prakash Adhikari July 29, 2020

काठमाडौं, १४ साउन । नेपाल राष्ट्र बैंंकले मौद्रिक नीतिमा व्यवस्था भएका प्रावधानहरु कार्यान्वयनको सम्बन्धमा मंगलबार लघुवित्त कम्पनीहरुलाई जारी गरेको निर्देशनले सेयर बजारमा नकारात्मक असर परेको छ ।

बुधबार नेपाल स्टक एक्सचेञ्जको परिसूचक २३ दशमलव ३६ अंकले घटेर १ हजार ४ सय ५१ दशमलव ५२ विन्दुमा रोकिएको छ । यो अघिल्लो कारोबार दिन मंगलबारको तुलनामा १ दशमलव ६ प्रतिशतको गिरावट हो ।

बुधबार नेपालको धितोपत्रको दोस्रो बजारमा १ सय ८७ वटा कम्पनीको १ अर्ब ६८ करोड ७० लाख माथिको सेयर कारोबार भएको छ । यो कारोबार रकम मंगलवारको भन्दा बढी हो । मंगलवार १ अर्ब २५ करोड ८७ लाख भन्दा माथिको सेयर कारोबार भएको थियो ।

कारोबार भएका कम्पनी मध्ये २९ कम्पनीको मात्र सेयर मूल्य बढेको छ । बुधबार जोशी,यूनियन,दिब्येश्वरी,आँखुखोला जलविद्युत कम्पनी,खानीखोला,माउण्टेन हाइड्रो,पाँचथर पावर र घलेम्दी हाइड्रो पावरको सेयर मूल्य बढेको छ । मंगलबार जारी भएको निर्देशिकाको कारण अधिकांश लघुवित्तको मूल्य घटे पनि मर्जरपछि कारोबारमा आएको मिर्मिरे र आरम्भ चौतारी लघुवित्तको मूल्य भने बढ्न गएको थियो ।

Symbol LTP Point Change % Change
As of 2020-07-29 15:00:00
UNHPL 55.00 5 10.00
JOSHI 66.00 6 10.00
MMFDB 961.00 87 9.95
ACLBSL 492.00 44 9.80
GHL 58.00 5 9.43
DHPL 54.00 4 8.22
AKJCL 52.00 4 8.11
KKHC 50.00 4 8.11
MHNL 88.00 4 4.76
PPCL 119.00 5 4.39

 

बुधबारको कारोबारमा १ सय ३० कम्पनीको मूल्य घटेको छ भने ७ कम्पनीको मुल्य अन्तिम समयमा अघिल्लो दिनकै यथावत कायम हुन पुगेको छ ।
बुधबार जनसेवी लघुवित्त,ग्लोबल आइएमई लघुवित्त, मिथिला लघुवित्त,स्पर्स, नेपाल सेवा, स्वरोजगार, स्वाभिमान,सबैको, र विजय लघुवित्तको सेयरको मूल्य अरुको तुलनामा बढीले घट्न पुगेको छ ।

नेपाल राष्ट्र बैंकले मंगलबार लघुवित्त कम्पनीहरुलाई राष्ट्रिय स्तरमा स्तरोन्नति गराउर्ने उद्देश्यले मर्जरमा जान प्रोत्साहित गर्दै राष्ट्रिय स्तरमा जान नसक्नेका लागि एक प्रदेशमा खुम्चिएर बस्नुपर्ने, मर्जरमा नगईकन हकप्रदबाट पूँजी बृद्धि गर्न नपाइने, ३० प्रतिशत भन्दाबढी लाभांश वितरण गर्न नपाइने, १५ प्रतिशत भन्दाबढी ब्याज दर लिन नपाइने लगायतका प्रावधानहरु राखेर निर्देशन दिएको छ ।

ठूला र आकर्षक लाभांश दिनेको लाभांशमा लागेको अंकुश र सानालाई मर्जरमा जाने बाध्यताले गर्दा प्रायः सबै लघुवित्तको सेयर मूल्य घट्न गएको हो ।

Symbol LTP % Change Qty
JSLBB 1,485.00 -9.45 7,242
GILB 1,213.00 -7.4 13,430
MLBBL 733.00 -7.22 2,915
SPARS 840.00 -6.98 4,114
NSEWA 712.00 -6.81 1,753
SLBBL 853.00 -6.78 25,699
SABSL 767.00 -6.46 6,503
SMFBS 900.00 -6.25 2,153
VLBS 925.00 -5.61 8,167

कारोबारको हिसावमा बुधवार नेपाल पुनर्बीमा, नेपाल लाईफ इन्स्योरेन्स, एनआईसीएशिया, नेपाल टेलिकम,एनएमबी बैंक, हिमालयन डिष्टिलरी, एनआईसी एशिया लघुवित्त, नबिल, शिखर इन्स्योरेन्स, एभरेष्ट बैंकको सेयरको खरिद बिक्रीबाट अधिक रकमको कारोबार हुन गएको थियो ।

Symbol Turnover LTP
NRIC 157,100,105.00 584.00
NLIC 108,133,500.00 1,343.00
NICA 88,824,142.00 570.00
NTC 88,752,213.00 657.00
NMB 56,518,692.00 430.00
HDL 47,523,883.00 1,683.00
NICLBSL 43,768,120.00 812.00
NABIL 38,537,876.00 845.00
SICL 37,556,690.00 1,215.00
EBL 32,397,378.00 748.00

बुधवारको कारोबारमा एक सय रुपैयाँ भन्दा कम मुल्य भएका जलविद्युत कम्पनीहरुको मूल्य बढेको छ ।

नेपाल राष्ट्र बैंकले जलविद्युत कम्पनीहरुलाई सहुलियतको घोषणा गरेपछि सेयर बजारमा त्यसको सकारात्मक प्रभाव परेको बताइएको छ । राष्ट्र बैंकले विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ बाट प्रभावित उद्योगहरुलाई अति प्रभावित, मध्यम प्रभावित र न्यून प्रभावित गरी ३ भागमा वर्गीकरण गरेको छ ।

जसमा निर्माणाधीन जलविद्युत तथा नवीकरणीय उर्जा मध्यम प्रभावितमा परेका छन् भने उत्पादनमा रही राष्ट्रिय प्रसारणमा जोडिएका जलविद्युत आयोजना न्यून प्रभावितमा परेका छन् ।

मध्यम प्रभावित कम्पनीहरुको सक्रिय कर्जाको २०७७ असार मसान्तसम्म भुक्तानी हुनुपर्ने साँवाको किस्ता र ब्याज रकमलाई २०७७ चैत मसान्तसम्ममा भुक्तानी गर्न सकिने ब्यबस्था राष्ट्र बैंकले गरेको हो । त्यस्तै मध्यम प्रभावित क्षेत्रमा प्रवाहित कर्जालाई ९ महिना सम्मका लागि ग्रेस अवधि थप गर्न सकिने ब्यबस्था बैंकले गरेको छ ।

त्यस्तै न्यून प्रभावित क्षेत्रमा प्रवाहित कर्जालाई ६ महिनासम्मका लागि ग्रेस अवधि थप गर्न सकिने ब्यबस्था राष्ट्र बैंकले गरेको छ । न्यून प्रभावित क्षेत्रमा प्रवाह भएका सक्रिय कर्जाको २०७७ असार मसान्तसम्म भुक्तानी हुनुपर्ने साँवाको किस्ता र ब्याज रकमलाई २०७७ पुस मसान्तसम्ममा भुक्तानी गर्न सकिने ब्यबस्था राष्ट्र बैंकले गरेको छ ।

जलविद्युत उत्पादन, प्रशारण तथा वितरण लगायतका उर्जामूलक उद्योगले राष्ट्रिय प्राथमिकता प्राप्त क्षेत्रमा लगानी गरिएका कर्जाको हकमा राष्ट्र बैंकको पूर्व स्वीकृति लिई परियोजना कर्जाको ग्रेस अवधिमा पाकेको ब्याज पुँजीकरण गर्नेे सहुलियत पनि पाएका छन् ।

Share Now

Leave a comment.