काठमाडौं, १८ साउन। नेपालको उत्कृष्ट बैंक नबिल बैंकलाई युरोमनीद्धारा दोस्रो पटक पनि
उत्कृष्ट बैंकको अवार्ड प्रदान गरिएको छ । ।
बेलायतको प्रतिष्ठित पत्रिका युरोमनीले लगातार दोस्रो पटक नबिल बैंकलाई ‘नेपालको उत्कृष्ट बैंक’को अवार्ड दिएको हो।
बैंकले प्रदान गरेको सेवा,ग्राहकहरुको सन्तुष्टि र नाफामा गरेको वृद्धिलगायतका सूचकहरुलाई आधार मानेर दिइने यो अवार्डको स्थापना सन् १९९२ मा भएको थियो ।
नेपालको अग्रणी बैंक नबिललाई समग्र बैकिङ कार्यसम्पादन मूल्याँकन गरि उत्कृष्ठ ठहरिँदै यूरोमनीले पुरस्कृत गरेको हो ।
बैंकिड. क्षेत्रको एक मौलिक अवार्डको रुपमा लिइने ‘यूरोमनिज् अवार्ड फर एक्सिलेन्स’ अन्तरगत हरेक वर्ष अन्तराष्ट्रिय, क्षेत्रीय तथा राष्ट्रिय स्तरका उत्कृष्ट बैंकहरुको कार्य सम्पादनको मूल्यांकन गरी पुरस्कृत गर्ने गरिन्छ
सन् १९८४ बाट सञ्चालनमा आएको नबिलका देशभर १ सय १८ शाखा, १ सय ७५ एटीएम र १ हजा ५ सय भन्दा बढि नबिल रेमिट एजेन्टहरु छन्।
नबिल बैंक दोस्रो पटक यूरो मनीद्धारा ‘नेपालको उत्कृष्ट बैंक’ घोषित भएको हो ।


















