Prakash Adhikari August 17, 2020

बेइजिङ,(चीन) , १ भदौ (एजेन्सी) । चीनले कोरोना भाइरसविरुद्ध आफ्नो देशमा बनेको पहिलो खोपलाई पेटेन्ट अनुमति प्रदान गरेको छ।केनसाइनो बायोलोजिक्स कर्पोरेसनले बनाएको खोप Ad5-nCoV लाई चीन सरकारले पेटेन्ट मन्जुरी प्रदान गरेको सीजीटीएनले जनाएको छ।

चीनको बौद्धिक सम्पत्ति नियामक संस्थाले गत अगष्ट ११ मा पेटेन्ट अधिकार दिएको समाचारमा जनाइएको छ। चीनले पहिलोपटक कोभिड–१९ को खोपलाई पेटेन्ट अधिकार प्रदान गरेको हो।

चीनले बनाएको खोप

वाल्टर एन्ड एलिजा हल इन्स्टिट्युट अफ मेडिकल रिसर्चका प्रोफेसर मार्क पेलिग्रिनीले द गार्जिएनसँग भन्नुभयो,‘पेटेन्ट अधिकारका कारण अब यो खोपको नक्कल कसैले गर्न पाउनेछैन। तर क्लिनिकल ट्रायलमा अगाडि बढ्न पेटेन्ट हुनुपर्छ भन्ने कुनै मापदण्ड छैन।’

चीनको कोरोनाविरुद्धको खोपको बारेमा केहीहप्ता अगाडि एउटा मेडिकल जर्नलहरुमा समाचारहरु प्रकाशित भएका थिए। त्यसबेला अक्सफोर्ड विश्वविद्यालयले पनि आफूले बनाइरहेको खोपको बारेमा जानकारी दिएको थियो।

चीन र अक्सफोर्ड दुवैका खोपमा कोरोनाविरुद्ध प्रतिरोधी क्षमता बढाउने एडेनाभाइरसको प्रयोग गरेको बताइएको छ।

Vials of a COVID-19 vaccine candidate developed by CanSino Biologics

चीनले कोरोना खोपलाई पेटेन्टको अनुमति दिएको खबरपछि सोमबार केनसाइनो कम्पनीको शेयर हङकङमा १४ प्रतिशत र सांघाईमा ६ दशलमव ६ प्रतिशत बढेको जनाइएको छ।

 

China grants country's first Covid-19 vaccine patent to CanSino, Health News, ET HealthWorld

Share Now

Leave a comment.