Prakash Adhikari September 9, 2020

लण्डन(संयुक्त अधिराज्य), २४ भाद्र (बीबीसी) । एस्ट्राजेनेका र अक्सफर्ड यूनिभर्सिटीले कोरोनाभाइरसविरुद्ध बनाएको एउटा खोपको अन्तिम चरणको मानव परीक्षणमा सहभागी एक व्यक्ति यूकेमा बिरामी परेपछि उक्त परीक्षण तत्कालका लागि रोकिएको छ।

एस्ट्राजेनेकाले यसलाई अस्पष्ट कारणले समस्या उत्पन्न हुँदा गरिने “नियमित” विराम भनेको छ।

अहिले विश्वभरि विभिन्न खोपका परीक्षणहरू भइरहेका छन्।

एस्ट्राजेनेका र अक्सफर्ड यूनिभर्सिटीले निर्माण गरेको खोपलाई परीक्षणमा भएकामध्ये केही अरूसँगै प्रभावकारी मानिएको छ।

University of Oxford - Wikipedia

पहिलो र दोस्रो चरणको परीक्षणमा सफल देखिएको उक्त खोप बजारमा चाँडै आउने अपेक्षा छ।

केही सातायता सुरु भएको तेस्रो चरणको परीक्षणमा अमेरिका, यूके, ब्रजिल र दक्षिण अफ्रिकामा गरेर झन्डै ३०,००० व्यक्ति सहभागी छन्।

तेस्रो चरणको क्लिनिकल परीक्षणमा प्रायः हजारौँ मानिसहरू सहभागी हुन्छन् र यो वर्षौँसम्म चलिरहन सक्छ।

खोप निर्माताहरू के भन्छन्?
एउटा स्वतन्त्र अनुसन्धानबाट सुरक्षासम्बन्धी तथ्याङ्कको समीक्षा गर्न उक्त खोपको परीक्षण सबै देशमा रोकिएको छ।

त्यसपछि नियामक निकायहरूले खोप परीक्षण फेरि थाल्ने कि नथाल्ने भनेर निर्णय गर्ने बीबीसीका मेडिकल सम्पादक फेर्गुस वाल्शले जनाएका छन्।

”ठूला परीक्षणहरूमा संयोगवश कोही बिरामी परेको पाइन्छ, तर त्यसको जाँच गर्न स्वतन्त्र समीक्षा हुनुपर्छ,” अक्सफर्ड यूनिभर्सिटीका एक प्रवक्ताले भने।

बीबीसी संवाददाताका अनुसार अक्सफर्डले बनाएको कोरोनाभाइरस खोपको परीक्षण रोकिएको यो दोस्रो पटक हो।

ठूला र महत्त्वपूर्ण खोप परीक्षणहरूमा प्रायः यस्तो भएको पाइन्छ। परीक्षणमा सहभागी स्वयंसेवी कुनै कारणले बिरामी परेर अस्पताल भर्ना हुँदा र त्यो कारण तत्काल थाहा नहुँदा खोप परीक्षण रोक्ने गरिएको छ।

अहिले रोकिएको खोप परीक्षण केही दिनमै सुरु हुने ठानिएको छ।

The pause, which was first reported by STAT, will allow AstraZeneca, a British-Swedish company, to conduct a safety review and investigate whether the vaccine caused the illness. Credit: AFP Photo

यूकेमा खोप परीक्षणमा स्वेच्छाले सहभागी भएका व्यक्ति बिरामी परेको समाचार पहिलो पटक प्रकाशित गरेको स्ट्याट न्यूजले एउटा स्रोतलाई उद्धृत गर्दै उनी निको हुने अपेक्षा गरिएको जनाएको छ।

खोप विकास कुन अवस्थामा छ?
अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकामा आगामी नोभेम्बर महिनामा हुने निर्वाचनअघि खोप उपलब्ध होस् भन्ने आफूले चाहेको बताएका छन्।

तर हतारमा राजनीतिक उद्देश्यले खोप ल्याउँदा सुरक्षा जोखिममा पर्ने सम्भावना भएको बताइएको छ।

कोभिड-१९ खोप बनाउन काम गरिरहेका नौवटा संस्थाको समूहले खोपका लागि वैज्ञानिक र नैतिक मापदण्ड अनुसरण गर्ने भन्दै मङ्गलवार सार्वजनिक प्रतिबद्धता व्यक्त गरेको छ।

एस्ट्राजेनेका पनि उक्त समूहमा संलग्न छ। जारी खोप परीक्षणको तेस्रो चरणमा सम्पन्न भइसकेपछि उसले नियामक निकायबाट अनुमति लिन आवेदन दिने प्रतिबद्धता व्यक्त गरेको छ।

जोनसन एन्ड जोनसन, बायोएनटेक, ग्ल्याक्सोस्मिथक्लाईन, फाईजर, मर्क, मोडर्ना, सानोफी र नोभाभ्याक्सजस्ता औषधि उत्पादक ठूला कम्पनीहरूले पनि उक्त प्रतिबद्धतामा हस्ताक्षर गरेका छन्।

AstraZeneca signs deal to supply Europe with vaccine - TeleTrader.com

उनीहरूले “सुरक्षा र खोप लिएका व्यक्तिको हित” लाई आफ्नो शीर्ष प्राथमिकतामा राख्ने बताएका छन्।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार अहिले झन्डै १८० वटा खोपको परीक्षण भइरहेको छ।

तर तीमध्ये कुनैको पनि मानिसमा सबै चरणमा क्लिनिक परीक्षण सम्पन्न भइसकेको छैन।

विश्व स्वास्थ्य सङ्गठनले यो वर्ष कुनै पनि खोपले अनुमति पाउने अपेक्षा गरेको छैन।

तर चीन र रुसले स्वदेशमा निर्मित खोप केही व्यक्तिहरूलाई दिन थालेका छन्। विश्व स्वास्थ्य सङ्गठनले ती सबै खोपलाई परीक्षणमा भएको मानेको छ।

अमेरिकी नियामक निकाय फूड एन्ड ड्रग एड्मिनिस्ट्रेशन (एफडीए) ले कोरोनाभाइरस खोपहरूलाई तेस्रो चरणको क्लिनिकल परीक्षणअघि नै अनुमति दिन सकिने सङ्केत दिएको छ।

Share Now

Leave a comment.