ब्रायनलारा स्टेडियम, तरोबा(ट्रिनिडाड एण्ड टोवाको), २६ भाद्र । कोरोना माहामारीका बीचमा दर्शकबिहिन रंगशालामा सम्पन्न भएको क्यारेवियन प्रिमियर लिग २०२० को उपाधी काइरन पोलार्ड कप्तानीको ट्रिनबागो नाइट राइडर्सले जितेको छ।
ब्रायन लारा स्टेडियममा बिहिबार सम्पन्न फाइनलमा डेरेन सामी कप्तानीको सेन्ट लुसिया जुक्सलाई ८ विकेटले पराजित गर्दै ट्रिनबागोले उपाधि जितेको हो।
प्रतियोगितामा आफ्नो टीमका एक दर्जन खेलमा अपराजित हुँदै उसले यो उपाधि जितेको हो ।
The moment Trinbago Knight Riders won the 2020 CPL 🎉
(via @CPL )pic.twitter.com/R9iQUz04o6
Champion @TKRiders— Aabid (@imAabii18) September 10, 2020
खेलमा पहिले ब्याटिंग गर्दै सेन्ट लुसियाले दिएको १ सय ५५ रनको लक्ष्य ट्रिनबागोले २ विकेट गुमाएर १२ बल बाँकी छदै पूरा गरेको थियो।
ट्रिनबागो नाइट राइडर्सका ओपनर टायन वेब्स्टर ५ रन तथा टिम सेफर्ट ४ रन बनाएर आउट भएपछि चौथो ओभरमा ट्रिनबागो १९ । २ को अवस्थामा पुगेको थियो।
त्यसपछि ब्याट समाएका लेन्डल सिमोन्स र डेरेन ब्राभोले अविजित शतकीय साझेदारी गर्दै टिमलाई उपाधि दिलाए ।
सिमोन्सले ८ चौका र ४ छक्काको सहायताले ४९ बलमा अविजित ८४ रन बनाए । उनी प्लेयर अफ द म्याच चुनिए । ब्राभोले ४७ बलमा २ चौका र ६ छक्का प्रहार गर्दै अविजित ५८ रन बनाए।
१६ ओभरको समाप्ति ११४ । २ को अवस्थामा रहेको ट्रिनबागोले १७ औं ओभरमा जाहिर खानले गरेको एकै ओभरमा २३ रन बटुल्दा जित सहज बनेको थियो। उक्त ओभरमा डेरेन ब्राभोले २ तथा सिमोन्सले १ छक्का र १ चौका प्रहार गर्दै रन रेट घटाएका थिए।
सेन्ट लुसियाको बलिंगमा स्कट कग्लायन र रोस्टन चेज एक एक विकेट लिएका थिए ।
WIPA Congratulates the Trinbago Knight Riders @TKRiders on winning the 2020 Caribbean Premiere League 🥳🎉A great team effort🎊👏🏼 Congrats on an excellent season👏🏼🎉
Well done to @kharypierre18 @AHosein21 @WebsterTion @AmirJangoo23 🎊#CPL20 #CPL pic.twitter.com/yIi0vZZiwo
— WIPA (@wiplayers) September 10, 2020
लुसियाको ब्याटिड.
यस अघि टस हारेर ब्याटिंग गरेको सेन्ट लुसियाले १९.१ ओभरमा सबै विकेट गुमाएर १ सय ५४ रन बनाएको थियो।
जुक्सको लागि विकेट किपर ब्याट्सम्यान आन्द्रे फ्लेचरले सर्वाधिक ३९, मार्क डेयालले २९, नजिबुल्लाह जद्रानले २४ तथा रोस्टन चेजले २२ रन बनाए। रखिम कर्नवालले ८, मोहम्मद नाबीले २ तथा कप्तान डेरेन सामीले ८ रन मात्र बनाउन सके।
दोश्रो विकेटको लागि डेयाल र फ्लेचरले सर्वाधिक ६७ रनको साझेदारी गरेका थिए। उक्त साझेदारी फवाद एहमदले नवौं ओभरमा तोडेपछि सेन्ट लुसियाले नियमित अन्तरालमा विकेट गुमाएको थियो।
ट्रिनबागोको बलिंगमा कप्तान काइरन पोलार्डले सर्वाधिक ४ विकेट लिए जुन क्रममा ४ ओभरमा ३० रन खर्चिए। अलि खान र फवाद एहमदले समान २ विकेट लिए।
काइरन पोलार्ड प्रतियोगिताकै उत्कृष्ट खेलाडी चुनिए जसले बलिंगमा ८ विकेट तथा ब्याटिंगमा २ सय ७ रन बनाए।
प्रतियोगिताकै सर्वाधिक रन बनाउने ब्याट्सम्यान ट्रिनबागोका लेन्डल सिमोन्स भए जसले ११ खेलमा ३ सय ५६ रन बनाए।
प्रतियोगिताको सर्वाधिक विकेटकर्ता सेन्ट लुसियाका फास्ट बलर स्कट कग्लेजिन भए जसले ११ खेलमा १७ विकेट लिए।
लिग अन्तर्गत पहिलो सेमीफाइनलमा नाइट राइडर्सले जमैका तलावाजलाई ९ विकेटले तथा दोश्रो सेमीफाइनलमा जुक्सले गायना अमेजन वारियर्सलाई १० विकेटले सहजै पराजित गर्दै फाइनलमा स्थान बनाएका थिए।
यस अघि लिग चरणको अंकतालिकामा ट्रिनबागो सबै १० खेलमा जित पछि २० अंकका साथ शीर्ष स्थानमा रहँदै तथा सेन्ट लुसिया १० खेलमा ६ जित र ४ हार पछि १२ अंक बटुल्दै तेश्रो स्थानमा रहेर सेमिफाइनल पुगेको थियो।


















