काठमाडौं, १३ असोज । बैंकिड.क्षेत्रमा उत्कृष्ट सेवा दिंदै आएको नबिल बैंकले सस्तो ब्याजदरमा सजिलै सेयर धितो कर्जा उपलब्ध गराउने भएको छ ।
५० लाख रुपैयाँ अथवा सोभन्दा बढीको नबिल सेयर कर्जा वार्षिक ७.७५ प्रतिशतको आकर्षक ब्याजदरमा उपलब्ध गराउने भएको हो ।
आगामी बडा दशैंको सुअवसरमा राष्ट्र बैंकको मार्गनिर्देशनभित्र रही नबिल बैंकका सम्पूर्ण शाखाहरुबाट शेयर धितो कर्जा प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।
नबिल बैंक निजी क्षेत्रको अग्रणी बैंक हो । यसका देशभरि १ सय १९ शाखाहरु र १ सय ८५ एटीएम काउण्टरहरु रहेका छन् । नबिल बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेलेको छ ।


















