Prakash Adhikari September 29, 2020

काठमाडौं, १३ असोज । क वर्गको बाणिज्य बैंक मेगा बैंकले हकप्रद सेयर खुलाउदा बिक्री नभएको झण्डै साढे १८ लाख कित्ता सेयर लिलामीमार्फत बिक्रीमा राखेको छ ।

बैंकले १८ लाख ४० हजार ७ सय ३९.६३ कित्ता सेयर यही असोज ११ गतेदेखि लिलामी खुला गरेको छ । बैंकको सेयर लिन इच्छुक आवेदकले असोज १८ गतेसम्म आवेदन दिनुपर्नेछ ।

बैंकले संस्थापक समूहको ११ लाख ३३ हजार ३ सय ४४.७० कित्ता र सर्वसाधारण समूहको ७ लाख ७ हजार ३ सय ९४.६३ कित्ता सेयर लिलामीमार्फत बिक्रीमा ल्याएको हो ।

लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ । लगानीकर्ताले न्यूनतम १ सय कित्तादेखि अधिकतम १० लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

बैंकले २०७४ भदौ २७ गतेदेखि कात्तिक १४ गतेसम्म ६५ प्रतिशत कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो । जसमा १८ लाख ४० हजार ७३९.६३ कित्ता सेयरमा आवेदन परेको थिएन । सोही बाँकी सेयर बैंकले अहिले लिलामीमा ल्याइएको हो ।

लिलामी प्रक्रियामा सहभागी भएर मेगा बैंकको सेयर लिन इच्छुक व्यक्तिहरुले बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स त्रिपुरेश्वर काठमाडौं तथा मेगा बैंकका कमलादी, नयाँ बानेश्वर, ठमेल, ज्ञानेश्वर, चाबहिल, बौद्ध, कंलकी गोंगबु, महाराजगञ्ज, मैतीदेवी,जावलाखेल, पुरानो ठिमी, सूर्य विनायक शाखाबाट आवेदन दिन सकिने छ।

यस्तै उपत्यकाबाहिर धनगढी, नेपालगञ्ज, बुटवल, तुल्सीपुर, पोखरा, अर्घाखाँची, धरान, विरानटगर, विरगञ्ज, बिर्तामोडमा रहेका मेगा बैंकको शाखामा आवेदन दिन सकिने छ ।

 

Share Now

Leave a comment.