Prakash Adhikari October 1, 2020

 

कुवेतसिटी(कुवेत), १५ असोज । कुवेतका अमिर शेख सबाह अलअहमद अल-सबाहको ९१ वर्षको उमेरमा निधन भएको छ ।

उहाँको निधनपछि कुवेतको मन्त्रिपरिषद्ले उहाँका ८३ वर्षीय सौतेनी भाइ युवराज शेख नवाफ अल-अहमदलाई उत्तराधिकारीका रूपमा घोषणा गरेको छ।

गत जुलाईमा शेख सबाह उपचारका लागि अमेरिका जानुभएका शेखको अवस्थाबारे त्यसबेला कुवेतमा स्पष्ट जानकारी दिइएको थिएन।

शेख सबाहले कुवेतमा सन् २००६ देखि शासन गर्नुभएको थियो ।उहाँ करिब ५० वर्षदेखि कुवेतको परराष्ट्र मामिला हेरिरहनुभएको थियो।

शेख सबाह अल-अहमद अल-सबाह

‘डीन अफ अरब डिप्लोमसी’

इराकी सेनाले कुवेत कब्जा गरेको सन् १९९०-१९९१ को अरब युद्धपश्चात् इराकलाई त्यसबेला साथ दिने अन्य मुलुकसँग सम्बन्ध सामान्यीकरण गरी पुनर्स्थापित गर्ने श्रेय उहाँलाई जान्छ।

त्यसैले शेख सबाहलाई ‘डीन अफ अरब डिप्लोमसी‘ भन्ने गरिएको थियो।

प्रायस् अरब क्षेत्रमा देखिने क्षेत्रीय तनाव कम गर्न उहाँ मध्यस्थताका लागि क्रियाशील हुनुहुन्थ्यो।

कतार र साउदी अरबबीच देखिएको तनाव उत्पन्न हुँदा पनि शेख सबाहले मध्यस्थता गर्न खोज्नुभएको थियो। कुवेतले सिरियाको गृहयुद्धमा हस्तक्षेपलाई पनि अस्वीकार गरेको थियो।

यद्यपि उसले मानवीय सहायताका लागि भने कैयौँ सम्मेलनहरू आयोजना गर्‍यो।

विभिन्न अरब देशका नेताहरूले उहाँको निधनमा दुःख व्यक्त गरेका छन्।

‘शान्तिका दूत’

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरसले शेख सबाहलाई, ‘ज्ञान तथा उदारताका असाधारण प्रतिक एवं शान्तिका दूत’ भन्नुभएको छ।

शेख सबाहको निधन कुवेतको राष्ट्रिय टेलिभिजनबाट मङ्गलवार दिउँसो घोषणा गरिएको थियो। कुवेतको दरबार मामिला हेर्ने मन्त्री शेख अलि जाराह अल-सबाहले त्यो घोषणा गर्नुभएको थियो।

तर उहाँले अमिरको निधनको कारण बताउनुभएन।

शेख सबाह सन् १९२९ मा जन्मिनुभएको थियो। उहाा आधुनिक कुवेतका संस्थापक मुबारक अल-सबाहका पनाति हुनुहुन्थ्यो।

शेख नवाफ अल-अहमदलाई मन्त्रिपरिषद्ले उनका उत्तराधिकारीका रूपमा घोषणा गरेको छ
शेख नवाफ अल-अहमदलाई मन्त्रिपरिषद्ले उनका उत्तराधिकारीका रूपमा घोषणा गरेको छ

मन्त्री, प्रधानमन्त्री अनि अमिर

मुबारकले ब्रिटेनसँग सन् १९५९ मा ब्रिटेनको संरक्षित राज्य (प्रोटेक्टोरेट) बन्न स्वीकार्दै ूट्रीटी अफ फ्रेन्ड्शिपूमा हस्ताक्षर गर्नुभएको थियो।

कुवेत ब्रिटेनबाट स्वतन्त्र भएको दुई वर्षपछि उहाँ सन् १९६३ मा कुवेतको विदेशमन्त्री बन्नुभयो।

सन् १९९१ मा सातमहिने इराकी कब्जाबाट कुवेत मुक्त नहुन्जेल उहाँ उक्त पदमा रहनुभयो।

उहाँलाई सन् १९९२ मा फेरि विदेशमन्त्री बनाइयो र सो जिम्मेवारी शेख सबाहले सन् २००३ सम्म निर्वाह गर्नुभयो।

त्यसपछि उहाँ प्रधानमन्त्री नियुक्त हुनुभयो।

सन् २००६ मा अमिर शेख जाबेर अल-अहमदको निधनपश्चात् अमिर शेख साद अल-अब्दुल्लाले गद्दी आरोहण गर्नुभयो। तर संसद्ले स्वास्थ्यका कारण देखाउँदै उहाँलाई पदमुक्त गरिदियो।

त्यसपछि शेख अलसबाह अमिर बन्नुभएको थियो।(बीबीसीबाट)

Share Now

Leave a comment.