Prakash Adhikari October 12, 2020

काठमाडौं, २६ असोज  ।  साविक विजेता मुम्बई इन्डियन्स आईपीएल २०२० को शीर्ष स्थानमा उक्लिएको छ ।

अबुधाबीमा आइतबार राति नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गर्दै मुम्बईले पाँचौँ जित निकालेको हो ।

 

शेख जायद क्रिकेट स्टेडियममा दिल्लीले दिएको १ सय ६३ रनको लक्ष्य मुम्बईले १९ ओभर ४ बलमा मात्र ५ विकेट गुमाएर पूरा गर्‍यो ।

 

मुम्बईको जितमा क्विन्टन डी कक र सूर्यकुमार यादबले अर्धशतकीय इनिङ्स खेले । दुबै खेलाडी समान ५३ रन बनाएर आउट भए ।

 

यस्तै इशान किशनले २८ रन जोड्दा कप्तान रोहित शर्मा ५ रनमा आउट भए । कुर्नाल पाण्डय १२ रनमा अविजित रहदा केइरन पोलार्ड ११ रनमा अविजित रहे ।

 

दिल्लीका कागिसो राबडाले २ विकेट लिए । अक्षर पटेल, रविचन्द्र आश्विन र मार्कुस स्टोनिसले समान १र१ विकेट लिए ।

 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ६२ रन बनाएको थियो ।

 

दिल्लीका लागि शिखर धवनले अविजित रहदै ६९ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै कप्तान श्रेयस आयरले ४२ रन बनाए ।

 

अजिन्का रहने १५ रनमा आउट हुँदा मार्कस स्टोनिस १३ रन जोड्दा आउट भए । एलेक्स केरी १४ रनमा अविजित रहे ।

 

जितसँगै ७ खेलमा समाप्तिमा दुबै टोलीको १० । १० अंक भएको छ । तर, रनरेटका आधारमा मुम्बई तालिकाको शीर्ष स्थानमा छ भने दिल्ली दोस्रो स्थानमा छ ।

 

Share Now

Leave a comment.