काठमाडौं, २९ असोज । पूर्व प्रधानमन्त्री एवम् हाल जनता समाजवादी पार्टीका नेता डा.बाबुराम भट्टराई देशका तीन ठूला नेताले ९ अर्ब रुपैया घुस खाएको प्रमाण दिने अडानबाट बिस्तारै पछाडि हट्न थाल्नुभएको छ ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष द्धय र नेपाली कांग्रेसका सभापतिको संलग्नतामा ९ अर्ब घुस खाएर १२०० मेगावाट क्षमताको बुढी गण्डकी आयोजना अलपत्र पारिएको आरोप लगाउनुभएका पूर्वप्रधानमन्त्री डा. भट्टराईलाई नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा र नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायण काजी श्रेष्ठले प्रमाण पेश गर्न चुनौति दिनुभएको थियो ।
डा. बाबुरामको अभिव्यक्तिमा कांग्रेसको गम्भीर ध्यानाकर्षण!
प्रमाणको दाबा पुष्टि गर्न चुनौति सहित गहिरो अनुसन्धान गर्न सञ्चार माध्यम र अख्तियारलाई अपील!! pic.twitter.com/fx3dX13vwc— Nepali Congress (@NepaliCongress) October 11, 2020
सत्तापक्ष र प्रतिपक्ष संगठित रुपमा उभिए पछि डा. भट्टराईले यो विषयलाई छायाँमा पार्ने गरि विषयान्तर गर्नुभएको छ । उहाँले बुढी गण्डकीसहित भ्रष्टाचारको आरोप लागेका ठूला मुद्दाहरु जस्तै ऐनसेलको करछली, यति समूहको मनपरी, सेक्युरिटी प्रेस खरिद काण्ड,वाइडबडी र न्यारो बडी विमान खरिद, कोभिड १९को समयमा आपत्कालीन स्वास्थ्य सामग्री खरिदमा भएका भ्रष्टाचारको छानवीन र दण्ड सजाँय गर्न लोकपाल विधेयक तयार गर्ने र सार्वजनिक पदधारण गरेका सबैको सम्पत्ति छानवीन गर्ने निर्णयमा गरेमा आफू सबैलाई सहर्ष सहयोग गर्न तयार रहेको बताउनुभएको छ ।
बुढीगण्डकी,एनसेल,वाइडबडी,सुरक्षा प्रिन्टिंग,यति,ओम्नी लगायत सबै ठूला भ्रष्टाचार काण्डको छानवीन र दण्डसजाय गर्न अधिकारसम्पन्न जनलोकपाल गठन गरौं।सबै उच्च पदासीनहरूको सम्पत्ति छानवीन गरौं।म पूर्ण सहयोग गर्न र दोषी ठहरे दण्डित हुन तयार छु।जस्केलाबाट छिर्नेहरूले सत्ताको तुजुक नदेखाऊॅ! pic.twitter.com/WbWX664bzQ
— Baburam Bhattarai (@brb1954) October 14, 2020
यस अगाडि ठूला नेताले घुस खाएको प्रमाण भए ती प्रमाण अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दिएर राज्यलाई भ्रष्टाचारको अनुसन्धान र कारबाही किनारा गर्न साझा पार्टी लगायत देशका विभिन्न तप्का र तहबाट आएका मागलाई भने अस्वीकार गर्दै उहाँले भ्रष्टाचारका प्रमाण लुकाउने भ्रष्टलाई चोख्याउदै निमुखालाई डाम्ने अख्तियारमाथि आफ्नो विश्वास नभएको तर्क दिनुभएको थियो ।
बुढीगण्डकी प्रकरण,राजनीतिक ध्रुवीकरण,भारत-चीन-अमेरिकासंगको सम्बन्ध लगायत विषयमा Avenues TV मा मेरो कुराकानी… https://t.co/JT2JVEPL46 via @YouTube
— Baburam Bhattarai (@brb1954) October 15, 2020


















