अक्ल्याण्ड(न्युजिल्याण्ड), १ कार्तिक । न्यूजिल्यान्डमा भएको निर्वाचनमा वर्तमान प्रधानमन्त्री जसिन्डा आर्डर्नको दल बिजयी बन्ने लगभग निश्चित भएको छ ।
अधिकांश मतहरू गणना भइसक्दा उनको दल लेबर पार्टीले ४९ प्रतिशत मत प्राप्त गरेको छ।
योसँगै उनको दलले संसद्मा विरल बहुमत हासिल गर्ने अपेक्षा गरिएको छ।
विपक्षी मध्य दक्षिणपन्थी न्याश्नल पार्टीले २७ प्रतिशत मत पाएको छ। उसले चुनावमा पराजय स्वीकारिसकेको छ।
शासन
हुन त सेप्टेम्बर महिनामै आमनिर्वाचन हुने तय भएको थियो। तर देशमा दोहोर्याएर कोरोनाभाइरस महामारी फैलिएपछि एक महिना पर सारिएको थियो।
निर्वाचन आयोगका अनुसार लेबर पार्टीले ४९ प्रतिशत, न्याश्नल पार्टीले २७ प्रतिशत, एक्ट न्युजिल्याण्ड र ग्रीन पार्टीजले ८ प्रतिशत मत पाएका छन्।
‘न्यूजिल्यान्डले करिब ५० वर्षमा लेबर पार्टीप्रति सबैभन्दा ठूलो समर्थन जनाएको छ’,जितपछि समर्थकहरूलाई आर्डर्नले भन्नुभएको छ,’सधैँ यस्तै हुनेछ भन्ने हिसाबले हामी अगाडि बढ्नेछैनौँ। म प्रतिबद्धता जनाउन चाहन्छु कि हामी यस्तो पार्टीको रूपमा अघि बढ्नेछौँ जसले न्यूजिल्यान्डका हरेक बासिन्दाका लागि शासन गर्नेछ।’

न्याश्नल पार्टीकी नेत्री जुडिथ कोलिन्स
न्याश्नल पार्टीकी नेत्री जुडिथ कोलिन्सले आर्डर्नलाई बधाई दिदैं र आफ्नो दल ूजीवन्त प्रतिपक्षीू बन्ने प्रतिबद्धता जनाउनुभएको छ।
आगामी निर्वाचनतर्फ इङ्गित गर्दै कोलिन्सले भन्नुभएको छ, ‘तीन वर्ष त आँखा झिमिक्क पार्दा बितिजान्छ। हामी फेरि आउनेछौँ।’
आर्डर्नको लेबर पार्टीले ६४ सिट ल्याउने अनुमान गरिएको छ जुन संसद्मा बहुमतका लागि पर्याप्त हुनेछ।
सन् १९९६ मा न्युजिल्याण्डमा ‘मिक्स्ड मेम्बर प्रोपोर्श्नल रिप्रेजेन्टेशन’ (एमएमपी) प्रणाली लागु भएयता कुनै पनि दलले यसरी मत ल्याउन सकेको थिएन।


















