Prakash Adhikari October 20, 2020

काठमाडौं, ४ कार्तिक । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्धय प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालका बीचको फाटो पुन : उदांगो भएको छ ।

दुई अध्यक्षहरुका बीचमा कर्णाली प्रदेशमा देखिएको समस्या समाधानका सम्बन्धमा भएका प्रयास र समझदारीलाई उहाँका प्रेस सल्लाहकारहरले आआफ्ना नेता सुहाउदो ब्याख्या गरेपछि यो फाटो सार्वजनिक भएको हो ।

https://www.facebook.com/permalink.php?story_fbid=202144324625513&id=105043977668882

दुई अध्यक्षबीच मंगलबार छलफल भएपछि प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले दुई अध्यक्षबीच चार बुँदे सहमति भएको भन्ने विज्ञप्ति सार्वजनिक गर्नुभएको थियो । उहाँले सो विज्ञप्तिमा मुख्यमन्त्रीविरूद्द दर्ता भएको अविश्वास प्रस्ताव फिर्ता लिने, प्रदेश संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहलाई हटाउने निर्णय बदर गर्ने, प्रमुख सचेतकमा नियुक्त सीता नेपालीको निर्णय बदर गरी पूर्ववत् रूपमा सचेतकमा कायम गर्ने र अन्य विषयहरूमा सल्लाह र समझदारीका साथ आवश्यक निर्णय लिने सहमति भएको उल्लेख गर्नुभएको थियो।

तर प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाको विज्ञप्ति सार्वजनिक भएलगत्तै अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले एक विज्ञप्ति जारी गर्दै दुई अध्यक्षबीच मंगलबार बिहान कर्णालीको विषयमा छलफल भए पनि निर्णय भने नभएको जिकीर गर्नुभएको छ ।

उहाँले छलफलमा अविश्वासको प्रस्ताव फिर्ता लिने वा खारेज गर्ने र प्रमुख सचेतकसम्बन्धी विषय पनि प्रदेश पार्टी कमिटी र प्रदेश सरकारले नै समाधान गर्न सुझाब दिने समझदारी भएको उल्लेख गर्दै यसबारे भ्रममा नपर्न सबैमा आग्रह समेत गर्नुभएको छ ।

https://www.facebook.com/bishnu.jugal/posts/1717848091724380

‘नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाटमा कर्णाली प्रदेशको विषयमा छलफल भएको हो’,भन्दै विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘उक्त छलफलमा अविश्वासको प्रस्ताव फिर्ता लिने वा खारेज गर्ने र प्रमुख सचेतक सम्बन्धी बिषय पनि प्रदेश पार्टी कमिटी र प्रदेश सरकारले नै समाधान गर्न सुझाव दिने समझदारी भएको हो। यसबारे कुनै भ्रममा नपर्न सबैसँग आग्रह गरिन्छ।’

Share Now

Leave a comment.