Prakash Adhikari October 21, 2020

दुबाई(संयुक्त अरब इमिरेट्स), ५ कार्तिक । भारतको चर्चित टी २० क्रिकेट प्रतियोगिता मानिने इण्डियन प्रिमियर लिगको १३ औं संस्करण अन्तरगत मंगलबार सम्पन्न ३८ औं खेलमा किंग्स् ११ पञ्जाबले दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गरेको छ । यो जित संगै पञ्जाब १० खेलमा ४ जित र ६ हार लिएर अंक तालिकाको पाँचौ स्थानमा पुगेको छ ।

दुबई अन्तर्राष्ट्रिय स्टेडियममा दिल्लीले दिएको १ सय ६५ रनको लक्ष्य पञ्जाबले १९ ओभरमा ५ विकेट गुमाएर हासिल गरेको थियो ।

Image

पञ्जाबका लागि निकोलास पुरनले ५३,ग्लेन म्याक्सवेलले ३२,क्रिस गेलले २९, कन्नोर लोकेश राहुल र दीपक हुडाले १५ ।१५, जेम्स निसमले १० र मायाक अग्रवालले ५ रनको योगदान गरेका थिए ।

पञ्जाबलाई रोक्ने क्रममा दिल्लीको बलिंगमा कागिसो रबाडाले २ तथा रभिचन्द्रन आश्विन र अक्षर पटेलले समान एक एक विकेट लिएका थिए।

 

दिल्लीको ब्याटिड.

यस अघि टस जितेर ब्याटिंग रोजेको दिल्लीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो।

Image

दिल्लीको लागि शिखर धवनले अविजित १ सय ६, कप्तान श्रेयस ऐयर र रिशभ पन्तले समान १४ रन, शिमरन हेटमायरले १० मार्कस स्टोइनिसले ९ र पृथ्वी शाँले ७ रनको योगफल बनाएका थिए।

दिल्लीलाई रोक्ने क्रममा पञ्जाबका मोहम्मद शामीले २ विकेट लिए भने मुरुगन आश्विन , ग्लेन म्याक्सवेलले समान एक एक विकेट लिए।

अंकतालिका र आगामी खेल

 

मंगलबारको जितपछि १० खेलमा ४ जित र ६ हार बेहोर्दै पञ्जाब ८ अंकसहित पाँचौ स्थानमा प्रवेश गरेको छ। समान जित र हार बेहोरेको राजस्थान नेट रन रेटमा पछि पर्दै छैठौं स्थानमा झरेको छ। ६ अंक भएका हैदरावाद, र चेन्नाई क्रमश सातौँ र आठौँ स्थानमा रहेका छन्।

मंगलबारको हारपछि पनि दिल्ली अंकतालिकाको शीर्षस्थानमा रहेको छ। १० खेलमा दिल्लीको ७ जित र ३ हार पछि १४ अंक रहेको छ। मुम्बई र राजस्थान १२ अंक बटुल्दै दोश्रो र तेश्रो स्थानमा छन्। कोलकाता १० अंक सहित चौथो स्थानमा रहेको छ।

पन्जाबले आगामी खेल शनिवार हैदरावाद बिरुद्ध तथा दिल्लीले पनि सोहि दिन कोलकाताबिरुद्ध खेल्ने तालिका रहेको छ। बुधबारको खेलमा कोलकाता र बैंगलोर प्रतिस्पर्धा गर्नेछन्।

Share Now

Leave a comment.