टोकियो(जापान),१६ माघ । गैरआवासीय नेपाली संघले प्रवक्ता भूषण घिमिरेको संयोजकत्वमा १५ सदस्यीय मिडिया तथा पब्लिकेशन कमिटि गठन गरेको छ ।
गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदको हालै सम्पन्न बैठकले समितिको सहसंयोजकमा हेमन्त काफ्ले-अष्ट्रेलिया, विजय घिमिरे-अमेरिका र चिरन शर्मा- बेलायतलाई तोकेको छ ।
यस्तै सदस्यहरूमा डिल्ली ढकाल-अष्ट्रेलिया, बुध्दिसागर घिमिरे-न्यूजिल्याण्ड, रामचन्द्र गिरी-मलेसिया, किसन राई- हङकङ, आनन्द कोइराला-जापान, दिल कुमार श्रेष्ठ र नवराज विक-कतार, मेघराज सापकोटा- युएइ, शुक्र लामा- साउदी अरेबिया, बसन्त रानाभाट-स्पेन, फणिन्द्र भट्टराई र प्रजय शुक्ला- बेलायत, होमप्रसाद लम्साल र आङ छिरिङ शेर्पा- अमेरिका तथा गोकुल लामिछाने-क्यानडालाई चयन गरेको छ