Prakash Adhikari February 1, 2018

काठमाडौं,१८ माघ। प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यसपालीको चुनावमा नेपाली कांग्रेसका धेरै उम्मेदवारहरु विजयी बन्न नसकेको बताउदै नेपाली कांग्रेसका आदर्श र सिद्धान्त कहिल्यै कसैसंग पराजित नहुने बताएका छन् ।

नेपाली कांगस्रे निकट पर्यटन व्यवसायीहरुको संस्था नेपाल  पर्यटन पर्यटन  संघ(निट)ले बिहिबार साँझ काठमाडौंमा आयोजना गरेको बृहत् भेला तथा सम्मान कार्यक्रमलाई संबोधन गर्दै प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति देउवाले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री देउवाले यसपटकको निर्वाचनमा ठूला र शीर्ष नेताहरु नै पराजित हुनुपरे पनि निराश हुन नहुने बताए ।

उनले पार्टीलाई मजबूत बनाएर अर्को चुनावमा सबै तहमा बहुमतमा पुर्याउन सबै कार्यकर्ताले इमान्दारीपूर्वक खट्न पर्ने बताए ।

 

कार्यक्रममा प्रधानमन्त्री देउवाले नेपाल जतिको सुन्दर देश आफूले संसारमा कतै नदेखेको उल्लेख गर्दै यस्तो रमणीय र सुन्दर नेपालमा बढी पर्यटकलाई आकर्षित गर्न आवश्यक पर्ने सबै काम गर्न सरकार तत्पर रहेको बताए ।

उनले हिन्दुका आराध्य देव पशुपतिनाथ रहेको, सीताको जन्मभूमि जनकपुर धाम भएको र भगवान गौतम बुद्धको जन्मस्थान रहेको नेपाल संसारमा धार्मिक पर्यटकको मात्र गन्तव्य नभएर प्रकृति र संस्कृतिप्रेमीहरुका लागि पनि उत्तिकै लोभलाग्दो गन्तव्य भएको बताए ।

प्रधानमन्त्री देउवाले लोकतान्त्रिक पर्यटन व्यवसायीको संस्थालाई पार्टीको आगामी केन्द्रीय समितिको बैठकबाटै शुभेच्छुक संस्थाको मान्यता दिने प्रस्ताव पारित गर्ने पनि बचन दिएका थिए ।

कार्यक्रममा नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकको विकासको लागि कृषि,पर्यटन र ऊर्जाको विकास अनिवार्य भएको उल्लेख गरे । उनले प्रकृति र संस्कृतिको धनी नेपालमा पर्यटनको ठूला संभावना भएको उल्लेख गदै यहाँ प्राकृतिक,सांस्कृतिक,धार्मिक,साहित्यिक,औषधोपचार,सभा सम्मेलन, खेलकूद,साहसी पर्यटन,पदयात्रा र पर्वतारोहण लगायत सबैखाले पर्यटनको विकासको ठूलो संभावना रहेको उल्लेख गरे ।

नेपाली कांंग्रेसका बरिष्ठ नेता पौडेलले अमेरिकाको फ्लोरिडामा काली गण्डकी र्याफ्टिड. र सगरमाथा क्लाईम्बिड.को कृत्रिम संरचना तयार पारेर बर्षमा लाखौं पर्यटक आकर्षित गरेको आफैले देखेको अनुभव सुनाउदै साच्चैको सगरमाथा र कालीगण्डकी सहित त्यस्ता पर्यटक लोभ्याउने अनगिन्ती उत्पादन रहेको नेपालमा अपेक्षित पर्यटकहरु आकर्षित गर्न नसकिएकोमा आश्चर्य प्रकट गरेका थिए ।

उनले पर्यटनको समुचित विकास गर्न सके पहाड छोडेर शहर र तराईतिर भैरहेको बसाई सराई रोकिने,जनसंंख्या, विदेशसंगको भुक्तानी र स्वदेश तथा विदेशको व्यापारिक असन्तुलन पनि हटेर गाँउमै रोजगारी सिर्जना हुन गै सम्पूर्ण नेपालको समुचित र सन्तुलित विकास हुने विचार राखे ।

कांग्रेसका वरिष्ठ नेता पौडेलले पार्टीले व्यवसायिक संगठनहरुलाई समेटन नसकेकोले पार्टी कमजोर भएको उल्लेख गर्दै जातीय आधारमा भन्दा व्यवसायिक आधारमा संगठनलाई बलियो बनाउन सकिने धारणा राखेका थिए ।

कार्यक्रमलाई संबोधन गर्दै सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले सरकारले पर्वतारोहण र पदयात्रामा जाने पर्यटकहरु सही सञ्चारको अभावमा हराउने अवस्था सिर्जना हुन नपरोस भनेर सरकारले सगरमाथा र अन्नपूर्ण लगायतका पर्यटकहरु बढी पुग्ने हिमाली क्षेत्रमा निशुल्क वाईफाई विस्तार गर्ने निर्णय गरेको बताए ।

कार्यक्रममा पूर्व राज्यमन्त्री तथा पर्यटन व्यवसायी दीपक खड्काले लोकतन्त्रवादी पर्यटन व्यवसायीहरुले राष्ट्र्लाई संकट परेको बेलामा सघाएको उल्लेख गर्दै पार्टीले निर्वाचन हारेर दुःखी भएको बेलामा पनि सबै नेताहरुलाई निकट ल्याएर पार्टीलाई पुनर्जागरणको अभियानमा लैजान महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।

कार्यक्रममा प्रमुख अतिथि सहित सम्पूर्ण अतिथिहरुलाई स्वागत गर्दै निटका अध्यक्ष एवम् पर्यटन व्यवसायी दीपक महतले मुुलुकको संबृद्धिको आधार बन्न सक्ने पर्यटन क्षेत्रलाई नेपाली कांग्रेसले उपेक्षा गरिरहेको बताए ।

उनले पार्टीले उपेक्षा गरेपनि लोकतन्त्रवादी पर्यटन व्यवसायीहरुले भूकम्प आएको बेलामा राहत र पुनस्थापनामा सघाउनुको साथै पर्यटन क्षेत्र पुनरुत्थान कार्यमा सक्रिय भएर काम गरेको बताए । उनले मानव वस्ति उजाडिएको लामटाड.मा स्थानीयलाई फर्काएर पुनस्थापित गर्नुको साथै पर्यटकहरुलाई लामटाड. पुर्याउन निटले निकै काम गरेको पनि बताए ।

यसबाहेका मुलकमा बाढी पहिरो जाँदा, शीत लहर चल्दा र अन्य संकट पर्दा सामाजिक उत्तरदायित्व अन्तरगत काम गर्दा पनि पार्टीको झण्डामुनि सहयोग गरिएको बताए ।

उनले निट नेपाल नै पर्यटन हेर्ने नेपाली कांग्रेसको आँखा भएको र यसलाई पार्टीले भातृ वा शुभेच्छुक संस्थाको रुपमा मान्यता दिनुपर्ने माग राखेका थिए । उनको मागलाई संबोधन गर्दै प्रधानमन्त्री देउवाले आगामी कार्यसमितिको बैठकबाट निट्लाई शुभेच्छुक संस्थाको मान्यता दिने वचन दिएका थिए ।

निटका अध्यष समेत रहेका महतले वामपन्थी दलहरुले काम गर्ने सञ्जाल बुन्दै जाने तर नेपाली कांग्रेसमा बनेको सञ्जाललाई काट्दै जाने प्रवृत्ति हावी भएकोले पार्टी सबल हुन नसकेको भन्दै पार्टीमा पुनर्जागरण ल्याउन व्यवसायीहरुलाई संगठित गर्न आग्रह गरे ।

पर्यटनका सबै क्षेत्र र उपक्षेत्रमा कार्यरत लोकतन्त्रवादी पर्यटन व्यवसायीहरुको बृहत् उपस्थिति रहेको सो कार्यक्रममा पर्यटन क्षेत्रका विभिन्न संघ ,संस्था र निकायमा निर्वाचित वा मनोनित भई प्रतिनिधित्व गरिरहेका लोकतन्त्रवादी पर्यटन व्यवसायीहरुलाई सम्मान गरिएको थियो ।

पर्यटन क्षेत्रका नेपाल पर्यटन बोर्ड, होटल एशोशिएशन नेपाल, नेपाल उद्योग वाणिज्य महासंघ, ट््रेकिड. एजेन्ट्स एशोसियसन अफ नेपाल(टान),,नाट्टा,नेपाल पर्वतारोहण संघ, नेपाल र्याफ्टिड. एशोसियसन, गाउँ पर्यटन मञ्च, ठमेल पर्यटन विकास परिषद्, नेपाल निर्यात परिषद्,पर्यटन सेवा संघ,हिमालय उद्धार संघ, नेपाल वायुसेवा सञ्चालक संघ,टुरिष्ट गाइड एशोसियसनमा प्रतिनिधित्व गर्ने लोकतन्त्रवादी पर्यटन व्यवसायी र लामटाड. पर्यटन पुनरुत्थान कार्यक्रमका अभियान्ता सहित निट नेपालका कार्यकारी अधिकृतलाई प्रधानमन्त्री देउवाले सम्मानित गर्नुभएको थियो ।

Share Now

Leave a comment.