Prakash Adhikari December 24, 2020

काठमाडौं, ९ पौष । संयुक्त अरब इमिरेट्सको आबुधावीमा आयोजना हुने अन्तर्राष्ट्रिय टी–१० लिगमा नेपाली क्रिकेटर करण के.सी,सोमपाल कामी र कुशल मल्लले स्थान पाएका छन् ।

यस अगाडि नै टिम आबुधावीले नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान पारस खड्कालाई युवा प्रशिक्षकको रुपमा चयन गरिसकेको छ ।

नेपाली राष्ट्रिय क्रिकेट टिमका तीव्र गतिका बलर सोमपाल कामीले मराठा अरेबियन्सबाट टी१० लिग खेल्ने भएका छन्।

आबुधाबीमा बुधबार बेलुका भएको ड्राफ्टमा उनलाई मराठाले अनुबन्धन गरेको छ।

त्यस्तै करण के.सी करण के.सी.पुने डेभिल्सबाट खेल्ने छन् । कुशल मल्ल  टिम आबुधाबीबाट खेल्ने भएका छन्।

https://twitter.com/Umeshghimire27/status/1341943626759348229

यसअघि नेपालका क्रिकेट स्टार सन्दीप लामिछाने र पारस खड्काले टी १० लिगमा खेलिसकेका छन्।

सोमपालले यस पहिले क्यानडाको ग्लोबल टी २० मा गिन्निपिग ह्वाक्सबाट खेलिसकेका छन् । करण र कुशलको लागि  टी १० अन्तर्राष्ट्रिय लिगमा यो नयाँ अवसर हो ।

Share Now

Leave a comment.