Prakash Adhikari February 3, 2021

 

मस्को(रुस), २१ माघ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचक तथा भ्रष्टाचार विरोधी नेता अलेक्सी नभाल्नीलाई पहिलाको जेल सजायका बेला राखिएका सर्तहरू उल्लङ्घन गरेको भन्दै साढे तीन वर्षको जेल सजाय सुनाएको छ।

गत महिना जर्मनीबाट रुस फर्किएलगत्तै पक्राउमा परेका उहाँलाई हिरासतमै राखिउको छ।

गत अगष्टमा घातक विष हमलामा पर्नुभएका नभाल्नीको झण्डै ज्यान गएको थियो र उहाँलाई जर्मनीमा उपचार गरेपछि सञ्चो भएको थियो ।

मस्कोमा हिंसात्मक घटनाहरू भएका छन् – सामाजिक सञ्जालमा देखिएका भिडि‌‌ओहरूमा प्रहरीले प्रदर्शनकारीमाथि बल प्रयोग गरेको र पक्राउ गरिरहेको देखिन्छ।

 

नभाल्नीलाई पक्राउ गरेर थुनामा राखिएदेखि नै रुसभरका विभिन्न सहरमा दशौँ हजारले विरोध प्रदर्शन गर्दै आएका छन्।

नभाल्नीले यसअघि नै घरमै नजरबन्दमा एक वर्ष बिताइसक्नुभएको छ। उक्त अवधिलाई जेल सजायबाट घटाइनेछ।

मस्कोमा रहेकी सारा रेन्सफोर्डका अनुसार नभाल्नीले उक्त खबरप्रति कडा प्रतिक्रिया जनाएका थिए।

अदालतमा नभाल्नीले राष्ट्रपति पुटिनलाई विष दिने व्यक्ति भन्नुभएको थियो र आफूमाथिको हमलाको दोष पनि राष्ट्रपतिलाई नै लगाउनुभएको थियो।

अदालतबाहिर प्रहरीको बाक्लो उपस्थिति थियो
अदालतबाहिर प्रहरीको बाक्लो उपस्थिति थियो

प्रहरीको बाक्लो उपस्थिति

नभाल्नीका समर्थकहरूले तत्काल प्रदर्शनको आह्वान गरेका थिए र मस्कोको केन्द्र भाग र सेन्ट पिटर्सबर्गमा प्रहरीको बाक्लो उपस्थिति हुँदाहुँदै सयौं मानिस भेला भएका थिए।

अनुगमनकर्ताका अनुसार मस्कोमा मात्रै ८ सय भन्दाबढीलाई गिरफ्तार गरिएको छ।

नभाल्नीका वकिलले अदालतको निर्णयविरुद्ध पुनरावेदन दिने बताउनुभएको छ।

अदालतले सजाय सुनाएलगत्तै अन्तर्राष्ट्रिय समुदायको कडा प्रतिक्रिया आएका छन्। युरोपेली महादेशकै मानवअधिकारसम्बन्धी अग्रणी निकाय काउन्सिल अफ युरोपले अदालतको फैसलाले विश्वसनीयतालाई उपेक्षा गरेको जनाएको छ।

मस्कोमा पक्राउमा परेका प्रदर्शनकारी
मस्कोमा मात्रै ८०० भन्दा बढी प्रदर्शनकारीहरूलाई पक्राउ गरिएको छ

अन्तर्राष्ट्रिय प्रतिक्रिया

यूकेका विदेशमन्त्री डोमिनिक राबले फैसलालाई खोटयुक्त भनि व्याख्या गर्नुभएको छ। त्यस्तै जर्मनीका विदेशमन्त्री हाइको मासले फैसला ‘दृढ रुपमा स्थापित नागरिक स्वतन्त्रता र कानुनी शासनमाथि धक्का ‘ भएको बताउनुभएको छ।

अमेरिकाका विदेशमन्त्री एन्टोनी ब्लिंकेनले नभाल्नीलाई बिना कुनै सर्त तत्काल रिहा गर्न आह्वान गर्नुभएको छ। उहाँले आफ्ना नागरिकको अधिकार कायम राख्न विफल भएकोप्रति रुसलाई जवाफदेही बनाउन पनि आफ्ना साझेदारहरूसँग निकट रुपमा काम गर्ने बताउनुभएको छ।

रुसको विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले पश्चिमा देशहरूलाई प्रतिक्रिया जनाउँदै सबैलाई आफ्नै समस्यामा केन्द्रित हुन सुझाव दिनुभएको छ।

‘सार्वभौम देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्न हुँदैन’, जाखोरोभाले रुसी टिभीलाई भन्नुभएको छ।

 

Share Now

Leave a comment.