Prakash Adhikari February 3, 2021

 

काठमाडौं, २१ माघ । नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका बहुमत सदस्यहरुको नेतृत्व गरिरहेको प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री के.पी. शर्मा ओलीका प्रतिगमनकारी कदमहरुविरुद्ध भोलि (बिहीबार) देशव्यापी आमहड्ताल गर्ने भएको छ।

बुधबार पार्टीको प्रतिनिघि सभा विघटनविरुद्धको संघर्ष समितिले केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै बिहीबार देशव्यापी आमहड्तालको घोषणा गरेको हो।

‘हामी सरकारको कदमविरुद्ध बाध्य भएर आमहड्तालजस्तो कार्यक्रम गर्न बाध्य भयौँ, पत्रकार सम्मेलनमा नेत्री पम्फा भुसालले भन्नुभयो, त्यसका लागि हामी क्षमा चाहन्छौँ’,

नेत्री भुसालले आज (बुधबार) साँझ मशाल जुलुसको कार्यक्रम राखिएको जानकारी दिनुभयो ।

बन्दका क्रममा यातायात, पसल, कलकारखाना सबै बन्द रहने र स्वास्थ्य तथा अत्यावश्यक बस्तु आयात गर्ने साधनहरु भने चल्न दिइने बताइएको छ।

हडतालमा परीक्षा सञ्चालनमा पनि कुनै अवरोध नहुने जानकारी पनि नेत्री भुसालले दिनुभयो।

 

Share Now

Leave a comment.