Prakash Adhikari February 5, 2021

 

काठमाडौं, २३ माघ । नेपालउद्योग परिसंघले नेपालबाट निर्यात हुने वस्तुहरुको उत्पत्तिको प्रमाणपत्र जारी गर्न पाउने भएको छ ।

परिसंघले बिहिबार एक विज्ञप्ति जारी गर्दै नेपाल सरकार मन्त्रिपरिषद्बाट स्वीकृत भएको उत्पत्तिको प्रमाणपत्र जारी गर्ने सम्बन्धी कार्यविधि, २०७७ अनुसार उत्पत्तिको प्रमाणपत्र जारी गर्न अनुमति पाएको जनाएको छ ।

यस अनुमतिबाट परिसंघले भारत लगायत सार्क मूलुकमा समेत उत्पत्तिको प्रमाणपत्र जारी गर्ने अधिकार प्राप्त गरेको छ ।

परिसंघले सधै स्वदेशी उत्पादनहरुको गुणस्तर वृद्धि गरी निर्यात प्रवद्र्धनमा जोड दिँदै आइरहेको छ । परिसंघले यसरी उत्पत्तिको प्रमाणपत्र जारीगर्दा प्राप्त भएको आम्दानीलाई निर्यात प्रवद्र्धनमा नै लगाउने जनाएको छ ।

परिसंघले सरकारको निर्णयले निर्यातमा आवद्ध सदस्यहरुलाई अझ बढी गुणस्तरीय सेवा प्रदान गर्न प्रोत्साहित गरेको बताएको छ । यस भन्दा पहिले परिसंघले तेस्रो मूलुकमा निर्यात हुने बस्तुहरुको मात्र उत्पत्तिको प्रमाणपत्र जारी गर्दै आएको थियो ।

सरकारले परिसंघको योगदान, उद्योग र निर्यात क्षेत्रको योगदानलाई कदर गर्दै जिम्मेवारी प्रदान गरेकोमा नेपाल सरकारलाई धन्यवाद ज्ञापन गरेको छ ।

Share Now

Leave a comment.