Prakash Adhikari February 6, 2021

 

कठमाडौँ, २४ माघ। नेपालको निजी क्षेत्रको अग्रणी वाणिज्य बैङ्क नबिल बैङ्क र उपाय सर्भिसेसबिच लघु, साना र मझौला उद्यमी ग्राहकहरूलाई सहयोग गर्ने सम्बन्धमा सम्झौता भएको छ ।

यस संझौता अनुसार लघु, साना तथा मझौला उद्योगका लागि नबिल बैंकबाट कर्जा लिने ग्राहकहरुलाई आवश्यक कागजात तयार पार्ने कार्यमा उपायले सघाउने छ । यसबाहेक, उपायले सार्वजनिक सेवाको बारेमा सजिलो र पारदर्शी समाधान प्रदान गर्नुको साथै बैङ्कका ग्राहकलाई आवश्यकता बमोजिम क्षेत्रगत विशेषज्ञको सेवा उपलब्ध गराउनेछ।

संझौता पत्रमा नबिल बैंकका एसएमई तथा लघुवित्त प्रमुख नीरज कुमार बस्नेत (डनिल) र उपाय सर्भिसेजका महाप्रबन्धक राजु केसीले हस्ताक्षर गर्नुभएको छ ।

नबिल बैङ्कको एसएमई तथा लघुबित्त प्रमुख निरजकुमार बस्नेतले लघु, साना तथा मझौला उद्यमीहरूलाई वित्तीय पहुँच पुर्याउन सधै तत्पर रहेको र समग्र अर्थतन्त्रको विकासको अत्याधुनिक बैंकिड. उत्पादन,सुविधा र सेवाहरू उपलब्ध गराउन सधैँ अग्रसर रहेको बताउनुभएको छ।

उहाँले यो साझेदारीले लघु, साना तथा मझौला उद्यमीहरूको वित्तीय व्यवस्थापनमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । बैंकको कर्जा तथा लगानी नीतिमा आधारित भएर ग्राहकहरूका आवश्यकताहरुलाई संबोधन गर्दै लघु, साना तथा मझौला उद्यमीहरूलाई उचित वित्तीय उपकरण उपलब्ध गराउन यो संझौताले सघाउने उहाँले बताउनुभएको छ । बैंिकड.का स्वदेशी तथा अन्तराष्ट्रिय मूल्य,मान्यता र मापदण्डहरुको पालना गर्दै नबिल बैंकले ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गर्दै आएको छ ।

समझदारी पत्रमा हस्ताक्षर गरेपछि उपाय सर्भिसेजका महाप्रबन्धक के.सी.ले भन्नुभएको छ“नबिल बैङ्क लिमिटेडसँगको सहकार्य निकै फलदायी भएको छ। यसले कर्जा सम्बन्धी सेवाहरू बाहेक वित्तीय व्यवस्थापन, कानुन, कर र व्यवस्थापन सम्बन्धी परामर्शमा व्यावसायिक सेवा प्रदान गरेर बैङ्कका विभिन्न ग्राहकहरूलाई मार्गदर्शन र मद्दत गर्नेछ।

उपाय सर्भिसेजले बैङ्कका एक सय भन्दाबढी ग्राहकहरूलाई आफ्ना सेवा दिएको जनाएको छ ।

नबिल बैङ्क देशभर १ सय १९ वटा शाखा कार्यलयहरु, १ सय ८५ एटीएम र १ हजार ५ सय भन्दा धेरै नबिल रेमिट एजेन्टहरू सहित विभिन्न देशमा रहेका एजेन्टको बृहत् सञ्जालमार्फत निरन्तर गुणस्तरीय सेवा प्रवाह गरिरहेको नेपालको क वर्गको बाणिज्य बैंक हो।
बैंकको उच्च प्रशिक्षित कुशल व्यवस्थापकहरुको समूहले मजबुत र सुरक्षित बैङ्किङ प्रणालीको साथ यसले ३ दशक भन्दाबढिको बैङ्किङ अनुभवको साथ, बैङ्कका ग्राहकहरूलाई स्तरीय सेवा दिर्दै आएको छ।

उपाय सर्भिसेज लिमिटेड कानुन, वित्तीय व्यवस्थापन र प्रविधिको क्षेत्रका अनुभवी व्यावसायिक व्यक्तिहरूद्वारा सञ्चालित एक डिजिटल प्लेटफर्म हो। यसले नयाँ कम्पनी दर्ता, कम्पनी खारेजी, लेखासँग सम्बन्धित सेवाहरू, ऋण आवेदन तथा नवीकरणका लागि आवश्यक कागजात र प्रक्रियाको सेवा, वार्षिक विवरण दाखिला, करसँग सम्बन्धित सेवा, भु–सेवाले प्रदान गर्ने सेवा लगायतका विविध सेवाहरू प्रदान गर्ने गर्दछ।

 

Share Now

Leave a comment.