काठमाडौं, २६ माघ ।सर्वोच्च अदालतका पूर्वन्यायाधीश इन्द्रराज पाण्डेको निधन भएको छ । उहाँप्रति श्रद्धाञ्जली व्यक्त गर्न मंगलबार सर्वोच्च अदालतमा कुनै इजलास नबस्ने भएको छ ।
प्रतिनिधि सभा विघटनविरुद्ध परेको रिटको सुनुवाई पनि मंगलबार प्रभावित हुने भएको छ।
सोमबारको इजलासमै प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले पूर्वन्यायाधीशको आज मृत्यु भएकोले श्रद्धाञ्जली स्वरुप भोलि इजलास नबस्ने जानकारी गराउनुभएको थियो ।
अब सर्वोच्चका नियमित सुनुवाई बुधबारमात्र हुनेछ ।
प्रधानमन्त्री केपी ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि त्यसविरुद्ध परेको रिटमा सर्वोच्च अदालतको संवैधानिक बेन्चमा जारी सुनुवाइ एकदिनका लागि रोकिने भएको हो।
अदालतले संसद विघटन गर्ने प्रधानमन्त्रीको कदमलाई सदर गर्छ वा प्रतिनिधि सर्वोच्चले प्रतिनिधिसभा विघटनको मुद्दालाई छिटो टुंग्याउने योजनासहित नियमित सुनुवाइ गरिरहेको जनाएको छ।
प्रधानन्यायाधीश राणाले यसै हप्ता बहस सक्न वकिलहरुलाई निरन्तर आदेश दिइरहनु भएको छ ।
सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्छ कि प्रधानमन्त्रीको असंवैधानिक कदमलाई राजनीतिक कदम भनेर आँखा चिम्लन्छ भन्ने चासो सर्वत्र व्याप्त छ ।