नापिताओ(म्यानमार), ५ फागुन(बीबीसी) ।म्यान्मारमा सेनाको नियन्त्रणमा भएकी नेत्र आङ सान सू चीविरुद्ध दोस्रो आपराधिक अभियोग लगाइएको छ।
सु चीलाई मङ्गलवार भिडिओमार्फत् सैन्य सरकारले अदालतसमक्ष पेस गरेको थियो। यसअघि उहाँलाई अवैधानिक रूपमा सञ्चार उपकरण वाकीटकी राखेको अभियोग लगाइएकोमा अहिले प्राकृतिक प्रकोपसम्बन्धी कानुन उल्लङ्घन गरेको अभियोग थपिएको छ।
तर उक्त अभियोग किन लगाइएको भन्ने स्पष्ट छैन।
माघ १९ मा सेनाले देशको शासनसत्ता हातमा लिएपछि अहिले म्यान्मारमा विरोधप्रदर्शन भइरहेको छ।
Fight For Democracy🇲🇲
(Sule, Yangon)✊️
MYANMAR NEEDS DEMOCRACY#Feb17Coup#WhatsHappeningInMyanmar pic.twitter.com/5zIubCRv3m— K开I NM Fund Club Myanmar (@kai_nation_MM) February 17, 2021
सेनाले नयाँ निर्वाचन गराउने र सत्ता हस्तान्तरण गर्ने बताएको भए पनि प्रदर्शनकारीहरूले सू चीसहित सबै नेताहरूलाई तत्काल मुक्त गर्नुपर्ने र भर्खरै सम्पन्न निर्वाचनको परिणाम स्वीकार्नुपर्ने बताउँदै आएका छन्।
सेनाले उक्त निर्वाचनमा धाँधली भएको दाबी गर्ने गरेको छ।
https://twitter.com/Byun_Sori6104/status/1361901832612806657
Tens of thousands of residents, old and young, civil servants and farmers in Naypyidaw are protesting against the military rule on Wednesday morning. #2021uprising #WhatisHappeningInMaynmar pic.twitter.com/0EqEmp3dY4
— Myanmar Now (@Myanmar_Now_Eng) February 17, 2021


















