वाशिंटन डी.सी.(संयुक्त राज्य अमेरिका), ८ फागुन(बीबीसी) । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले अमेरिका पूर्ववत् स्थितिमा फर्किएको’ बताउँदै महामारी, जलवायु परिवर्तन र इरानको परमाणु महत्वाकाङ्क्षाजस्ता मुद्दा सुल्झाउन सघाउनका लागि पूर्ण रूपमा संलग्न रहेको बताउनुभएको छ।
आफ्नो पहिलो अन्तर्राष्ट्रिय अन्तर्वार्ताको रूपमा बीबीसीसँग कुरा गर्दै ब्लिङ्कनले कोभिड(१९ विरूद्धको विश्वव्यापी खोप कार्यक्रममा जोड दिनुभयो।
उहाँले कोरोनाभाइरसको उत्पत्तिको विषय खोजको लागि पारदर्शिताको अभाव देखाएको भन्दै चीनको समेत आलोचना गर्नुभएको छ।
यसलाई डोनल्ड ट्रम्पको ‘अमेरिका पहिलो’ नीतिमा व्यापक हेरफेर हुने सङ्केतका रूपमा हेरिएको छ ।
विश्वका धनी औद्योगिक राष्ट्रहरूको समूह जी७ का नेताहरू एउटा भर्चुअल सत्रका लागि जुटिरहेका बेला ब्लिङ्कनको यो धारणा आएको छ।
खोपका बिषयमा ब्लिङ्कन
एक वर्षभित्र विश्वका १ सय ९० देशका मानिसहरूलाई २ अर्ब मात्रा खोप दिने उद्देश्य राखेको कोभ्याक्स खोप कार्यक्रमका लागि अमेरिकाले ४ अर्ब डलर सहयोग गर्दैछ।
‘जबसम्म विश्वका सबैले खोप लगाउँदैनन्, त्यसबेलासम्म वास्तवमा कोही सुरक्षित हुँदैनन्। किनकी भाइरस रहिरह्यो भने त्यो फैलिरहन्छ र उत्परिवर्तन समेत हुन्छ’, ब्लिङ्कनले भन्नुभएको छ।
‘उत्परिवर्तन भएर भाइरस फर्कनेछ र सबैतिर मानिसलाई सङ्क्रमित पारिरहनेछ।’
अहिलेसम्म अमेरिकाले २ करोड ७० लाखभन्दा धेरै सङ्ख्यामा आफ्नै जनसङ्ख्यामा खोप लगाएको छ।
तर कैयौँ गरिब देशहरूमा खोप कार्यक्रम अझै सुरु हुन सकेको छैन।
ब्लिङ्कनले कोरोनाभाइरसको उत्पत्तिका वियमा प्रकाश पार्न सक्ने सूचना उपलब्ध गराउन चीन असफल भइरहेको समेत आरोप लगाउनुभयो।
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)का अनुसन्धानकर्ताहरूको एउटा टोलीले सन् २०२१ को सुरुमै चीनमा चार साता बिताएको थियो।
तर त्यसपछि डब्ल्यूएचओको उक्त टोलीका दुईजना विज्ञहरूले आफूहरूले खोजेका विवरणमा चीनले पूर्ण पहुँच दिन अस्वीकार गरेको बताउनुभएको थियो।
विदेशमन्त्री ब्लिङ्कनले महामारीहरू पूर्ण स्वरूपमा देखिनुअघि नै पहिचान गर्नका लागि अझ बलियो स्वास्थ्य सुरक्षा प्रणालीको आवश्यकता औँल्याउनुभएको थियो।
‘जसका लागि देशहरू पारदर्शी हुनुपर्छ। उनीहरूले सूचना बाँड्नुपर्छ। उनीहरूले प्रकोपको सुरुमै अन्तर्राष्ट्रिय विज्ञहरूलाई पहुँच दिनुपर्छ( जुन कुरा दुर्भाग्यवस हामीले चीनबाट देखेनौँ’, उहाँको भनाइ थियो।
ब्लिङ्कनले भनाई
उहाँले इरानका विषयमा ब्लिङ्कनले अमेरिका र उसका युरोपेली साझेदारहरू ‘फेरि उही अवस्थामा रहेको’ बताउनुभएको छ।
अफ्गानिस्तानमा अमेरिकी फौज राखिराख्ने विषयमा अमेरिकाले अहिले आफ्नो नीति समीक्षा गरिरहेको उहाँको कथन छ।
बन्धकु बनाइएकी दुबईका शासककी छोरीराजकुमारी लतिफा अल मुक्तमको अवस्थाबारे सोधिएको प्रश्नमा उहाँले त्यसलाई अमेरिकाले नजिकबाट हेरिरहेको बताउनुभयो
।
म्यानमारको सैन्य कूलाई उहाँले ‘एउटा ऐतिहासिक प्रजातान्त्रिक सङ्क्रमणमा दुस्खलाग्दो पश्चगमन’ भनेर टिप्पणी गर्नुभयो।
चीनको सूचना जगतलाई विश्वको ‘कम खुलापन रहेकोमध्ये एक’ भन्दै उहाँले बीबीसी वर्ल्ड न्यूज र बीबीसी विश्व सेवा रेडियोलाई प्रतिबन्ध लगाउने कदमको आलोचना गर्नुभयो।


















