Prakash Adhikari February 21, 2021

दमौली(तनहुँ), ९ फागुन । गणित शिक्षा परिषद् तनहुँको छैटौँ जिल्ला अधिवेशनले नरेन्द्रनाथ न्यौपानेको अध्यक्षतामा शनिबार नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ । परिषद्को उपाध्यक्षमा श्रीकान्त घिमिरे, सचिवमा कृष्णप्रसाद तिवारी, सहसचिवमा राजु ढकाल, कोषध्यक्षमा पम्फादेवी श्रेष्ठ र सह कोषाध्यक्षमा रामकाजी श्रेष्ठ रहनुभएको छ ।

त्यस्तै समितिका सदस्यहरूमा राधा घिमिरे, मोहन बस्ताकोटी, वेदबहादुर थापा र प्रकाश काफ्ले निर्वाचित हुनुभएको छ । अधिवेशनले परिषद्को केन्द्रीय प्रतिनिधिमा सन्तोष न्यौपाने, अनिल श्रेष्ठ, ठाकुरप्रसाद खनाल, हरिश्चन्द्र घिमिरे र मिनबहादुर कार्कीलाई चयन गरेको छ भने प्रदेश प्रतिनिधिमा रविराज पोखरेल, कृष्णबहादुर महत, सोमलाल रिमाल र गजेन्द्र पौडेललाई चयन गरेको छ । यसअघि अधिवेशनको उद्घाटन समारोहमा गणित शिक्षा परिषद्का केन्द्रीय महासचिव रमेशप्रसाद अवस्थीले संस्थाले दाताको सहयोगभन्दा पनि आफ्नै साधनस्रोतको उपयोगबाट गणित शिक्षाको समस्या समाधान गर्दै जानेगरेको बताउनुुभयो । सङ्घीय सरकारलाई विषयगत जायज माग राखिए पनि राज्यले त्यसको उचित सम्बोधन नगरेको धारणा राख्नुभयो ।

कार्यक्रममा गणित शिक्षा परिषद् तनहुँका संस्थापक अध्यक्ष रमेशचन्द्र हड्खले, परिषद्का केन्द्रीय सदस्यद्वय ज्ञानेन्द्र न्यौपाने र भोजराज कोइराला, गण्डकी प्रदेश समितिका सचिव शरदचन्द्र खनाल, परिषद्को भक्तपुर जिल्ला समितिका अध्यक्ष कृष्ण गोसाई, तनहुँ जिल्ला अध्यक्ष सन्तोष न्यौपाने लगायतले गणित शिक्षाको जग कमजोर भएको भन्दै यसको सिकाइ उपलब्धि बढाउन आधारभूत तहदेखि नै सिकाइ सहजीकरणमा सुधार गर्दै जानुपर्ने बताउनुभयो ।

Share Now

Leave a comment.