Prakash Adhikari February 23, 2021

कालिञ्चोक(दोलखा), ११ फागुन । आगामी चैत २७ गतेबाट प्रदर्शनमा आउन लागेको अभिनेता पुष्प खड्का र अभिनेत्री वर्षा सिवाकोटी अभिनित फिल्म ‘मनसँग मन’ को सम्पूर्ण छायांकन सकिएको छ ।

दोलखाको पर्यटकीय र धार्मिक स्थल कालिञ्चोकमा एक रोमान्टिक गीत खिच्दै फिल्मको छायांकन सकिएको निर्माण टिमले जानकारी दिएको छ ।

‘सही दिउँला तिम्रो लागि’ बोलको गीत कालिञ्चोकमा खिचिएको हो ।

गीतमा सौरभ लामाको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी, अर्जुन पोखरेलको संगीत, मुकेश उदासको शब्द, रोशन हिङ्गमाङ्ग र अस्मिता अधिकारीको स्वर छ ।

कालिञ्चोकमा छायांकन गरिएको गीतमा पुष्प र वर्षा रोमान्टिक मुडमा देख्न सकिन्छ ।

अरुण तामाङले निर्माण गर्नभएको यस फिल्मको निर्देशक कैलाश रार्य हुनुहुन्छ । फिल्मको सम्पादन अर्जुन जीसीले गर्नुभएको छ भने सन्तोष खवासको एक्सन छ ।

लकडाउनभन्दा अगाडि फिल्मको गीत बाहेकका दृश्य दार्जिलिङमा खिचिएको थियो ।

लकडाउनपछि निर्माण टिमले फिल्ममा समावेश ‘मेरो त भाग्य’ बोलको गीत खिच्यो, जुन यूट्युबमा रिलिज भइसकेको छ ।

फिल्ममा बुद्धि तामाङ, रविन्द्र झा, चाँदनी प्रधान, महेन्द्र बागदास, शन्ते दालगायतको अभिनय छ ।

फिल्मको कथा र पटकथा निर्देशक राईले तयार पार्नुभएको हो ।

Share Now

Leave a comment.