Prakash Adhikari February 28, 2021

 

काठमाडौं, १५ फागुन । कम्पनीहरुले सर्वसाधरणको लागि सार्वजनिक रुपमा निष्काशन गरेको सेयर( आइपीओ)को नतिजा प्रकाशन गर्न नयाँ वेभसाइट सञ्चालनमा ल्याएको छ ।

लगानीकर्ताको गोपनीयतालाई कायम राख्ने भन्दै सीडीएसीले मेरो सेयर, सम्बन्धित कम्पनीको वेवसाइट र बिक्री प्रबन्धकको वेवसाइटबाट मात्र हेर्न दिने प्रबन्ध गरेको थियो ।

सीडीएससी कम्पनी लिमिटेडले आइपीओको नतिजा सञ्चारमाध्यममार्फत सार्वजनिक गर्न नदिने नीति लिएपछि शुक्रबार बाँडफाँट भएको महिला लघुवित्तको आइपीओको नतिजा हेर्न लगानीकर्तालाई धेरै सास्ती भएको थियो । सर्भर नचल्दा लगानीकर्ताले आइपीओको नतिजा हेर्न पाएनन् ।

यही समस्यालाई समाधान गर्दै सीडीएससीले आइपीओको नतिजा हेर्नका लागि नयाँ तरिका अपनाएको छ । अब लगानीकर्ताले सजिले https://iporesult.cdsc.com.np मा गएर १६ अंकको डिम्याट नम्बर हालेपछि सजिलै हेर्न सकिने भएको छ ।

 

Share Now

Leave a comment.