Prakash Adhikari March 9, 2021

काठमाडौं, २५ फागुन । नेपालमा ऊर्जाको विकासमा कार्यरत जेड कन्सल्ट प्रा.लि.ले वैकल्पिक ऊर्जाको विकास गर्ने सम्बन्धमा काठमाडौं विश्वविद्यालयमा हाइड्रोजन प्रयोगशाला स्थापनाको लागि सहयोग गर्ने भएको छ ।

यस सम्बन्धमा जेड कन्सल्ट र काठमाडौं विश्वविद्यालयबीच एक समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

संझौता अनुसार जेड कन्सल्टले काठमाडौं विश्वविद्यालयमा हाइड्रोजन उत्पादनको लागि अनुसन्धान र विकास क्रियाकलापहरु सञ्चालन गर्न हरित हाइड्रोजन प्रयोगशाला(ग्रीन हाइड्रोजन ल्याब) स्थापनाका लागि आवश्यक पूर्वाधारहरु निर्माण गर्न सघाउने छ ।

दुवै पक्षबीचको सहयोग जलविद्युत र हरित हाइड्रोजनसहित वैकल्पिक ऊर्जाका विविध स्रोतहरुको अनुसन्धान,विकास र र विस्तारमा केन्द्रित हुनेछ ।

दुवै पक्ष जलविद्युत र हाइड्रोजन ऊर्जाको क्षेत्रमा व्यवसायिक र ब्यापारिक स्तरमा संयुक्त वा राष्ट्रिय र अन्तर्राष्ट्रिय संस्थाहरुको सहयोगमा भावि संभावना र सहयोग अभिवृद्धि गर्न सहमत भएका छन् ।

जेड कन्सल्ट प्रा.लि. वैकल्पिक ऊर्जाका स्रोतहरुको खोजी गर्दै यसलाई सुगम पहुँच र अबलम्बनद्धारा ऊर्जाको मूलप्रवाह बनाउने कार्यमा अधिक रुचि राख्दछ ।
अहिले यो संस्था जलविद्युत र सौर्य ऊर्जाको विकासमा निरन्तर लागि रहेको छ । यसले जलविद्युतका आयोजनाहरुको पहिचान,विकास,उत्पादन,प्रशारणका क्षेत्रमा काम गर्नुका साथै भरपर्दो परामर्श सेवा पुर्याउदै आएको छ ।

Share Now

Leave a comment.