पोखरा(कास्की),२४ माघ । राष्ट्रियसभा सदस्यका लागि प्रदेश ४ मा बुधबार भएको निर्वाचनमा एमालेका तीन, नेपाली कांग्रेस र माओवादी केन्द्रका दुईदुई उम्मेद्वार विजयी बनेका छन् ।
४ नं प्रदेशबाट कुल तर्फबाट नेपाली कांग्रेसकी बिन्दादेवी आले (राना) तथा नेकपा (एमाले)का दीपा गुरुङ र शान्ति कुमारी अधिकारी जिसी निर्वाचित भएका छन् ।
अन्य समूहका तीन जनामा कांग्रेसका सुरेन्द्रराज पाण्डे, एमालेका गणेशप्रसाद तिमिल्सिना र माओवादी केन्द्रका दीनानाथ शर्मा विजयी भएका छन्।
दलित तर्फबाट नेकपा (माओवादी केन्द्र)का खिमकुमार विक निर्वाचित भएका छन्।
यस अगाडि नै अपाङ्गतर्फबाट कांग्रेसका प्रकाश पन्थ निर्विरोध निर्वाचित भइसकेका छन्।
बुधबारको मतदानमा कुल २ सय ३० जना मतदाता रहेकामा २२९ जनाले मतदान गरेका थिए।