Prakash Adhikari February 7, 2018

डोटी,२४ माघ । प्रदेश ७ मा राष्टिय सभा सदस्यका लागि भएको निर्वाचनमा नेकपा एमाले र माओवादी केन्द्रका उम्मेदवारहरु एक एक सीटमा विजयी भएका छन् ।

यो प्रदेशबाट अन्य ६ उम्मेद्वारहरु निर्विरोध निर्वाचित भैसकेका छन् ।

दुई सदस्यकोलागि भएको चुनावमा अल्पसङ्ख्यक वा अपांगताको सीटमा माओवादी केन्द्रका महेश कुमार महरा विजयी बनेका छन् ।

उनीसंग नेपाली कांग्रेसका छत्र राज जोशीको प्रतिस्पर्धा रहेको थियो ।

त्यस्तै दलितको सीटबाट नेकपा एमाले चक्रप्रसाद स्नेही विजयी बनेका छन् । उनीसंग नेपाल कांग्रेका शेरी राम पार्की प्रतिस्पर्धामा थिए ।

Share Now

Leave a comment.