Prakash Adhikari March 17, 2021

 

एटलाण्टा(जर्जिया, संयुक्त राज्य अमेरिका), ४ चैत्र(बीबीसी) । अमेरिकाको जोर्जिआमा तीन स्थानमा भएको गोली प्रहारमा परी छ जना एशियाली महिलासहित कम्तीमा आठ जनाको मृत्यु भएको छ।

प्रहरीका अनुसार एट्लान्टाको उत्तरतिर रहेको एक मसाज पार्लरमा चार जना र एट्लान्टाकै दुई स्पामा चार जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमध्ये चार जना कोरियाली भएको दक्षिण कोरियाले पुष्टि गरेको छ।

अधिकारीहरूले तीनवटै घटनाका संलग्न रहेको आशङ्कामा एक २१ वर्षीय पुरुषलाई गिरफ्तार गरिएको बताएका छन्।

मङ्गलवारको घटनाको कारण बारे बताइएको छैन। तर हालैका दिनमा एशियाली मूलका मानिसले कोरोनाभाइरस फैलाएको आरोप खेपिरहेका बेला अमेरिकामा एशियाली मूलमा मानिसप्रति घृणायुक्त अपराध बढेका छन्।

एट्लान्टा आक्रमण
गत साता राष्ट्रपति जो बाइडनले एशियाली अमेरिकीप्रति भएको आक्रमण, दुर्व्यवहार र आरोपको खण्डन गर्नुभएको थियो।

तीनमध्ये पहिलो आक्रमण स्थानीय समयानुसार बेलुकी ५ बजे योङ् एशियन मसाज पार्लरमा भएको थियो।

प्रहरीका अनुसार दुई जनाको घटनास्थलमै मृत्यु भएको र तीनजना अस्पताल लगिएकोमध्ये दुई जनाको मृत्यु भएको बताएको छ। त्यहाँ मारिएकामध्ये दुई एशियाली महिला, एक श्वेत पुरुष र एक श्वेत महिला रहेको बताइएको छ।

त्यसको एक घण्टाभन्दा कम समयमा उत्तर(पूर्वी एट्लान्टामा गोल्ड स्पामा लुटपाट भइरहेको खबर प्रहरीले पाएको थियो।

एट्लान्टा आक्रमण
प्रहरीले एक विज्ञप्तिमा भनेको छस् ूत्यहाँ पुग्दा अधिकारीहरूले घटनास्थलमा तीन महिला गोलीको घाउजस्तो देखिएको अवस्था मृत फेला पारेका थिए।ू

त्यहाँ रहेकै अवस्थामा प्रहरीलाई सडकपारि रहेको अरोमाथेरापी स्पामा बोलाइएको थियो जहाँ थप एक जना महिला मृत अवस्थामा फेला परेकी थिइन्।

एट्लान्टा प्रहरीले सीसीटीभीको भिडिओमा देखिएको शङ्कास्पद व्यक्ति खोज्दै जाँदा एट्लान्टाभन्दा २४० किलोमिटर पर रोबर्ट आरोन लङ्लाई समातेको बताएको छ।

Share Now

Leave a comment.