Prakash Adhikari March 18, 2021

 

काठमाडौं, ५ चैत्र । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित नेकपा एमाले संसदीय दलको बैठक सकिएको छ।

बैठकमा झलनाथ खनाल र माधवकुमार नेपालपक्षीय सांसदहरू सहभागी भएनन्।

बैठकपछि बोल्दै सांसद शेरबहादुर तामाङले संसदीय दलको बोर्ड गठन गरिएको जानकारी दिनुभएको छ।

उहाँका अनुसार उक्त बोर्ड २४ सदस्यीय भएको र त्यसमा नेता झलनाथ खनाल र माधवकुमार नेपाललाई पनि समाविष्ट गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओली बोर्डको संयोजक छन्।

यसअघि एमालेले संसदीय बोर्ड गठन गरेको थिएन।

आजको बैठकले संसदीय दलको विधान संशोधनका लागि विशाल भटराईको संयोजकत्वमा शेरबहादुर तामाङ र विमला पौडेल राई सदस्य रहेको एउटा समिति गठन गर्ने निर्णय गरेको छ। संसदीय दलको अर्को बैठक चैत्र ७ गतेका लागि बोलाइएको छ ।

Share Now

Leave a comment.