काठमाडौं, ५ चैत । नेपाल कम्युनिष्ट पार्टी एकीकृत माक्र्सवादी लेनिनवादी(नेकपा एमाले)को पूर्वप्रधानमन्त्रीद्धय माधवकुमार नेपाल र झलनाथ खनालले नेतृत्वमा रहेको समूहको दुई दिवसीय राष्ट्रिय कार्यकर्ता भेलाले १७ बुँदे प्रस्ताव पारित गरेको छ ।
एमाले उपाध्यक्षसमेत रहनुभएका डा. भीम रावलले पेश गरेको १७ बुँदे प्रस्ताव छलफलपछि बिहिबार पारित भएको थियो ।
प्रस्तावमा फागुन २८ गते अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय समितिको विशेष बैठक भनी बालुवाटारमा आफू पक्षीय केन्द्रीय सदस्यहरुको भेला बोलाएर गरेको निर्णयलाई अस्वीकार गर्ने भनिएको छ ।
नेपाल खनाल समूहको राष्ट्रिय कार्यकर्ता भेलाले प्रतिनिधिसभा पुनस्थापना गर्ने सर्वोच्च अदालतको संवैधानिक इजलासको फैसलाको स्वागत गरेको छ भने एमाले र माओवादी पार्टी ब्युँताउने फैसलाप्रति असहमति प्रकट गरेको छ ।
भेलालो कोरोना महामारीको खोपको भरपर्दो व्यवस्था गर्न पनि माग गरेको छ । भेलाका निर्णयहरु जस्ताको तस्तै :