Prakash Adhikari March 20, 2021

काठमाडौं, ७ चैत्र । नेक्सस क्रिकेट एकेडेमीको आयोजनामा यही चैत्र १६ गते देखी ३१ गतेसम्म काठमाण्डौको मूलपानी क्रिकेट मैदानमा चौथो संस्करणको नेक्सस कप अन्डर १६ टिट्वान्टी क्रिकेट प्रतियोगिता संचालन हुने भएको छ।

प्रतियोगितामा देशभरका क्रिकेट एकेडेमी र क्लबहरु गरी १६ वटा टिम सहभागी हुने भएका छन्।

प्रतियोगिताओशिस क्रिकेट एकेडेमी काठमाण्डौ, घोडाघोडी क्रिकेट एकेडेमी कैलाली, तिलोत्तमा क्रिकेट एकेडेमी रुपन्देही, आर एस क्रिकेट क्लब दाङ, वाइ वाइ ग्रेट हिमालय क्रिकेट एकेडेमी हात्तीवन काठमाण्डौ, ग्रेट हिमालय क्रिकेट एकेडेमी शान्तिनगर काठमाण्डौ, नेक्सस क्रिकेट एकेडेमी काठमाण्डौ, वेष्टर्न क्रिकेट एकेडेमी बुटवल , एनसीए नेपाल काठमाण्डौ, हिमालय क्रिकेट एकेडेमी काठमाण्डौ, बालुवाटार क्रिकेट क्लब काठमाण्डौ, स्याङजा क्रिकेट क्लब स्याङजा, एन्जल हर्ट स्पोट्स एकेडेमी काठमाण्डौ, नेपाल अन्नपूर्ण युथ क्लब रौताहट, नेक्सस बी र काठमाण्डौ क्रिकेट ट्रेनिङ सेन्टर प्रतियोगितामा सहभागी टोलीहरु हुन्।

प्रतियोगिताको विजेतालाई १ लाख ११ हजार रुपैयाँ र उपविजेतालाई ७५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ। प्रतियोगितामा हरेक खेलमा म्यान अफ दि म्याच, बेष्ट बलर, बेष्ट ब्याटम्यान, म्यान अफ दि सिरिज र ईमर्जिड. प्लेयरको अवार्ड समेत प्रदान गरिनेछ ।

टि ट्वाइन्टी फरम्याटमा लिग कम नकआउटका आधारमा संचालन हुने प्रतियोगितामा दिनमा २ खेल खेलाइनेछ । सहभागी टिमहरुलाई ४ पोलमा बिभाजन गरी खेलतालिका घोषणा गरिएको छ।

खेलाडीहरुको उमेर प्रमाणीकरणका लागि २०६१ ।११ । ३० गते भन्दा पछि जन्म भएको प्रमाण खुल्ने जन्म दर्ता वा कक्षा ८ को प्रमाण पत्र वा एसईईको प्रमाणपत्र लगायत सरकारी कागजपत्रलाई आधार मानिने भएको छ।

 

Share Now

Leave a comment.