Prakash Adhikari March 20, 2021

काठमाडौँ, ७ चैत (रासस) । दोस्रो संस्करणको वीर गणेशमान सिंह १० के रोड रेसको उपाधि पुरुषतर्फ सशस्त्र प्रहरी बलको एपीएफ क्लबका गोपीचन्द्र पार्की तथा महिलातर्फ धादिङकी सन्तोषी श्रेष्ठले जित्नुभएको छ ।

पार्की र श्रेष्ठले आज राजधानीमा सम्पन्न उक्त प्रतियोगिताको उपाधि लगातार दोस्रो पटक जित्नुभएको हो । पहिलो संस्करणको उपाधि पनि दुवै खेलाडीले जित्नुभएको थियो । गत वर्ष नेपालमा सम्पन्न १३औँ दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता पार्कीले निर्धारित दूरी ३१ मिनेट ४४ दशमलव ४९ सेकेन्डमा पूरा गर्नुभयो । उहाँले गत सोही दौड ३२ मिनेट ०१ दशमलव २ सेकेन्डमा पूरा गर्नुभएको थियो । उपाधिसँगै पार्कीले रु ६० हजार पुरस्कार प्राप्त गर्नुभयो । यस्तै अनिष थापामगर ३१ मिनेट ५० दशमलव ४९ सेकेन्डकाका दोस्रो तथा तीर्थ पुन ३१ मिनेट ५६ दशमलव ३८ सेकेन्डका साथ तेस्रो हुनुभयो । सोही स्पर्धामा गजेन्द्र थापा चौंथो तथा नरेन्द्र रावत पाँचौं हुनुभयो । उहाँहरूले क्रमशः रु ३० हजार, रु १५ हजार, रु १० हजार र रु पाँच हजार पुरस्कार प्राप्त गर्नुभयो ।

यसैगरी महिलातर्फ १३औँ सागकी स्वर्णधारी श्रेष्ठले निर्धारित दूरी ३७ मिनेट ५३ दशमलव ४४ सेकेन्डमा पूरा गर्नुभयो । उपाधिसँगै उहाँले रु ६० हजार प्राप्त गर्नुभयो । उहाँले अघिल्लो संस्करणमा सो दूरी ३९ मिनेट १० दशमलव ९८ सेकेन्डमा पूरा गर्नुभएको थियो । महिलातर्फ नेपाल पुलिस क्लबकी राजपुरा पर्छाई ३९ मिनेट ३० सेकेन्डका साथ दोस्रो, एपीएफकी फुलमती राना ४० मिनेट ५६ सेकेन्डका साथ तेस्रो, पूर्णलक्ष्मी न्यौपाने चौंथो र विर्सना कुमाल पाँचौं हुनुभयो । उहाँहरुले क्रमशः रु ३० हजार, रु १५ हजार, रु १० हजार र रु पाँच हजार पुरस्कार प्राप्त गर्नुभयो ।

वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको आयोजना र रुट्स फेसनको मुख्य प्रायोजनमा भएको उक्त स्पर्धा दरबारमार्गबाट सुरु भइ महेन्द्र शालिक, रत्नपार्क, भद्रकाली, शहीदगेट, वीर अस्पताल, भोटाहिटी, राजदरबार संग्रहालय दक्षिणगेट, केशरमहल, लैनचौर, लाजिम्पाट, महाराजगन्ज, शिवपुरी स्कुल, बालुवाटार, भाटभटेनी, टंगाल, बालमन्दिर, प्रहरी प्रधान कार्यालय, नागपोखरी, जयनेपाल सिनेमा हल हुँदै पुनः दरबारमार्गमा पुगेर समापन भएको थियो ।

विजेता खेलाडीलाई पूर्वउपप्रधानमन्त्री एवम नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह, नेपाली कांग्रेसका काठमाडौं जिल्ला सभापति सबुज बानियाँ, गणेशमान सिंह स्पोर्ट्स कमिटीका संयोजक सञ्जीव

Share Now

Leave a comment.