Prakash Adhikari April 9, 2021

 

वाशिंटन डी.सी.(संयुक्त राज्य अमेरिका), २७ चैत्र (बीबीसी) । दर्ता नभएकाले पत्ता लगाउन नसकिने भन्दै राष्ट्रपति जो बाइडनले अमेरिकामा ुुगोस्ट गनुु भनेर चिनिने घरेलु रूपमै उत्पादन हुने बन्दुक प्रयोग रोक्न लक्षित निर्देशन जारी गर्नुभएको छ।

ु’बन्दुकबाट हुने हिंसा यो देशमा महामारी हो र अन्तर्राष्ट्रिय स्तरमै यो लज्जाको विषय हो’, उहाँले बिहीवार भन्नुभएको छ।

बाइडनले नयाँ निर्देशन कार्यकारी आदेशमार्फत् लागू गराँउदैहुनुहुन्छ जसको अर्थ कङ्ग्रेसले यसलाई स्वीकृत गर्न जरुरी छैन।

नयाँ आदेशमा निश्चित बन्दुकहरूबारे नियम तय गर्ने, पृष्ठभूमिबारे जाँच बढाउने र स्थानीय रूपमा हिंसा हुनबाट रोक्ने जस्ता विषयवस्तु समावेश गरिएको छ।

यद्यपि राष्ट्रपतिका लागि यो सहज कार्य भने हुने छैन।

हतियार राख्न पाउने अधिकार अमेरिकी संविधानको दोस्रो संशोधनले सुनिश्चित गरेको छ र कैयौँ मानिसहरूले बन्दुक नियन्त्रण सम्बन्धी कानुन आफ्नो संवैधानिक अधिकार माथिको उल्लङ्घनका रूपमा हेर्ने गरेका छन्।

सन् २०१८को प्रदर्शन

सन् २०१८को प्रदर्शन

बुधवार साउथ क्यारोलाइनामा भएको गोली प्रहारमा पाँच जनाको मृत्यु भएको थियो। घटनामा एकजना पूर्व एनएफएल खेलाडी फिलिप एडम्स जिम्मेदार रहेको बताइएको छ।

त्यस्तै मार्च महिनामा पनि अमेरिकामा दुईवटा बन्दुक आक्रमण भएका थिए जसमा कुल १८ जनाको मृत्यु भएको थियो।

बाइडनको भनाई
ह्वाइट हाउसको रोज गार्डेनबाट बोल्दै बाइडनले अमेरिकामा बन्दुकबाट हरेक दिन १ सय ६ जनाको मृत्यु हुने बताउनुभयो।

‘यो महामारी हो। र यो रोकिनुपर्छ’,उहाँले थप्नुभयो।

उहाँले साउथ क्यारोलाइनाको घटनामा मारिएकाहरूको परिवारलाई समवेदना पनि दिनुभयो।

बाइडनले जारी गरेको कार्यकारी आदेश अनुसार सरकारले ३० दिनभित्र घरेलु स्तरमै उत्पादन गर्न सकिने बन्दुकहरूको सङ्ख्या घटाउनका लागि नयाँ प्रावधानहरू प्रस्ताव गर्नुपर्ने हुन्छ।

बाइडनले यस्ता बन्दुकहरू आफैँ जोडजाड गरेर बनाइने हुँदा तीनलाई पत्ता लगाउन नसकिने पनि बताउनुभयो।

बन्दुक बनाउनका लागि आवश्यक पर्ने सामग्री किन्नेहरूको पनि पृष्ठभूमि नहेरिने गरिएको उहाँले जानकारी दिनुभयो।

विज्ञहरूले आपराधिक घटनाहरूमा घरेलु स्तरमै उत्पादन गरिएका बन्दुकहरूको प्रयोग हुने क्रम बढेको बताउनुभएको छ।

लस एन्जलसमा नियन्त्रणमा लिइएका ४० प्रतिशतभन्दा बढी बन्दुकहरू घरेलु स्तरमै उत्पादन गरिएको पाइएको सङ्घीय अधिकारीहरूले जनाएका छन्।

Share Now

Leave a comment.