काठमाडौं, २९ चैत्र । नेपाल पर्वतारोहण संघका सदस्यहरुले जलवायु परिवर्तनका कारण नेपालका हिमाली क्षेत्रमा हिउँ पग्लने, हिमनदी सुक्ने, हिमतालहरुको आकार बढ्ने हिउँ नभएका नांगा पहाडमा पर्वतारोहण गतिविधि गर्न नसकिने भन्दै यसप्रति गम्भीर ध्यान दिन कार्यसमितिलाई आग्रह गरेका छन् ।
शनिवार राजधानीमा सम्पन्न संघको ३० औं बार्षिक साधारण सभामा संघका सदस्यहरुले सो माग गरेका हुन् ।
४८ बर्ष अगाडि नेपालमा हिमाल आरोहण सहित पर्यटकीय र खेलकूदका गतिविधि सञ्चालन गर्न र हिमाली क्षेत्रको प्राकृतिक वातावरणको संरक्षण गर्ने उद्देश्यले नेपाल पर्वतारोहण संघको स्थापना भएको थियो ।
नेपाल सरकारको ध्यान अग्ला हिमचुलीहरुको प्रबर्धनमा केन्द्रीत भएको तर होचा हिमचुलीहरु पनि पर्वतारोहीको आकर्षण बन्न सक्ने भएकोले तिनीहरुलाई प्रभावकारी रुपमा प्रबर्धन गर्न आफ्नो संस्था सक्षम र इच्छुक रहेको प्रस्ताव संघले दिएपछि यसलाई २७ वटा हिमचुलीहरु प्रबर्धन गर्ने अधिकार सरकारले यो संस्थालाई दिएको छ । त्यस अन्तरगत ती हिमचुलीहरुलाई अन्तराष्ट्रिय वजारमा प्रबर्धन गर्ने, ती हिमचुलीहरुको आरोहण अनुमति जारी गर्ने, तिनको सलामी संकलन गर्ने, ति हिमालहरु सरसफाई गर्ने र आरोहीलाई प्रमाणपत्र जारी गर्ने अधिकार पनि संघले पाएको छ ।
संघले पर्वतारोहणको लागि आवश्यक जनशक्ति तयार गर्नका लागि आधारभूत र एड्भान्स माउण्टेन गाइड तालीम, वालक्लाईम्बिडड.,रक क्लाईम्बिड.,आईस क्लाम्बिड. लगायतका गतिविधिहरु सञ्चालन गर्दै पनि आएको छ ।
३० औ. साधारण सभामा सहभागीहरुले ककनीमा रहेको अन्तर्राष्ट्रिय पर्वतारोही स्मृति उद्यानको सुव्यवस्थापन, यूनियन अफ एशियन अल्पाइन एशोसियसनको नाममा हिमालय राख्नुपर्ने र नेपाल पर्वतारोहण संघको नाम संशोधन गरी हिमालय शब्द पार्नुपर्ने, पर्वतारोहणका प्रशिक्षण गतिविधि बढाउनु पर्ने, प्रशिक्षणको प्रमाणपत्रमा नेपालसरकारको लोगो पनि रहने व्यवस्था गर्नुपर्ने, मेरा पिक चेकपोष्टलाई अझ ब्यवस्थित गर्नुपर्ने, हिमाल सफाईको कार्यक्रम पर्वरोहीमार्फत गराउन पहल गर्नुपर्ने, गार्बेज डिपोजिटको रकम लिने र फिर्तादिने ढंगले सञ्चालन नगरी सरसफाई कोष र पवर्तारोही कल्याणकारी कोषमा जानेगरी व्यवस्थित गर्नुपर्ने लगायतका विषयहरु उठाएका थिए ।
थप हिमाल दिन सरकार तयार
साधारण सभाको उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले नेपाल पर्वतारोहण संघलाई अन्य हिमालहरुको बजार प्रबर्धन, अनुमति जारी, सलामी संकलन र सरसफाईको जिम्मेवारी दिन समेत सरकार तयार रहेको बताउनु भएको थियो ।
उद्घाटन समारोहलाई संबोधन गर्दै उहाँले कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकारले भरसक बन्दाबन्दी लागू गर्नु नपरोस् भनेर आवश्यक तयारीमा जुटिरहेको बताउनुभयो।
उहाँले भन्नुभयो, ‘विगतको कहालीलाग्दो अवस्थाले फेरि पनि झकझकाइरहेको छ। कोभिड महामारीको जोखिम नियन्त्रण र परिस्थितिलाई सहज बनाउने तयारीमा सरकार जुटिरहेको छ, भरसक बन्दाबन्दी नगरी परिस्थितिलाई नियन्त्रणमा लिने प्रयत्न जारी रहन्छ, कुनै विपत्ति आइलागेमा सामना गर्नुको विकल्प पनि छैन, अहिलेको अवस्थामा सबैले सजकता अपनाउन जरूरी छ।’
पर्यटनमन्त्री ढकालले कोभिड महामारीबाट सबभन्दा बढी प्रभावित बनेको मुलुकको पर्यटन क्षेत्र पछिल्ला दिनमा केही सुधाराका संकेत देखिए पनि केही दिनदेखि लगातार बढिरहेको कोभिडका सङ्क्रमितको सङ्ख्याले थप भयावह स्थिति सिर्जना हुने खतार बढेको उल्लेख गर्नुभयो।
‘महामारीले थिलोथिलो बनेको पर्यटन क्षेत्र विस्तारै लयमा फर्कने वातावरण बनिरहेकामा पुनः कोभिडको अत्यासलाग्दो परिस्थितिले झस्काएको छ, छिमेकी मुलुक भारतमा महामारीको कहालीलाग्दो अवस्थाले खुला सीमाना, रहनसहन भएको मुलुक नेपालमा त्यसको असर पर्ने खतरा छ, हामी ९नेपाल० १०० भन्दा कम सङ्ख्यामा झरिसकेको अवस्थामा हिजोआज ३०० भन्दा बढी सङ्क्रमित भेटिनु निकै चिन्ताको विषय हो’, उहाँले थप्नुभयो।
उहाँले पर्वतारोहण क्षेत्रमा कुनै नीति तथा कानूनी समस्या र उल्झन भए त्यसको सहजीकरण गर्न आफू तत्पर रहेको बचन दिनुभयो। पर्यटन क्षेत्रको समृद्धि र विकासका निम्ति सरकार र निजी क्षेत्रको साझेदारितालाई फराकिलो पारिनुपर्नेमा पनि पर्यटनमन्त्रीको जोड थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले हिमाल आरोहणको पथ प्रदर्शक तालिम, पर्वतारोहीको उद्धार र पूर्वाधार विकासका कार्यमा पनि संघले उत्तिकै ध्यान दिनुपर्ने बताउनुभएको थियो ।
कार्यक्रमको उद्घाटन शत्रमा पर्वतारोहणको क्षेत्रमा विशेष योगदान पुर्याउनुहुने सम्भु तामाड., लाक्पा दोर्जे शेर्पा,हरिध्वज तुलाचन,पर्तेम्बा शेर्पा, कमलमान गुरुड.लाई बिशेष सम्मान दिइएको थियो भने कुमार खड्गविक्रम साह साहसिक पुरस्कारबाट अष्ट्रियाका उल्फ ग्याड. डा. हर्क गुरुड पर्वतीय पुरस्कारबाट जापानका तादाओ काञ्जाकी,दावा नोर्बु पर्वतीय पर्यटन पत्रकारिता पुरस्कारबाट फोटो पत्रकार जगदीश तिवारी र अर्जुन पाख्रिनलाई पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा संघका हिमचुलीहरुको प्रवर्धनमा उत्कृष्ट योगदान गर्ने १० कम्पनीहरुलाई पनि पुरस्कृत गरिएको थियो ।
.