Prakash Adhikari April 14, 2021

काठमाडौं, १ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना जस्तो विश्व महामारीका बीचमा पनि सन २०७७ मा नेपालले आर्थिक,सामाजिक र भौतिक पूर्वाधार निर्माणमा आशा लाग्दा काम गरेका दावी गर्नुभएको छ ।

नयाँ वर्ष २०७८ का अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्दा उहाँले सो दावी गर्नुभएको हो ।

सिंहदरस्थित प्रधानमन्त्री कार्यालयबाट गरिएको सबोधनमा प्रधानमन्त्री ओलीले देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरुको सुख, शान्ति र समृद्धिको काम गर्नुभयो ।

प्रधानन्त्री ओलीले कोभिड–१९ को महामारीका अवसरमा सबैलाई सुरक्षित रहन आग्रह गर्दै नागरिकको जीवनरक्षा पहिलो भएको हुनाले जनताको जीवन बचाउनेतर्फ पहिलो ध्यान दिने बताउनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को महामारीबीच वर्ष २०७७ मा विकास निर्माणका काममा थप सफलता हासिल गराएर सरकारले उक्त वर्ष निरर्थक हुन नदिएको बताउनुभएको छ ।

राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले काठमाडौँबासीको दसकौँदेखिको सपना पूरा गरिएको र नयाँ नयाँ विकासका कामहरु पूरा गरिएको र त्यो क्रम जारी रहेको बताउनुभयो ।

सम्बोधन क्रममा उहाँले वर्ष २०७७ मा विभिन्न क्षेत्रमा भएका उपलब्धि र चुनौतीबारे पनि उल्लेख गर्नुभएको छ ।

उहाँले सरकारले बन्दाबन्दी गर्ने धम्की दिएको भन्ने कुरा बाहिर आएको उल्लेख गर्दै सकेसम्म बन्दाबन्दीको पक्षमा नरहेको बताउनुभयो । प्रधानमन्त्री ओलीले कतिपय राष्ट्रहरुले कोभिडको महामारी बढी फैलिएको हुनाले बन्दाबन्दी गर्न बाध्य भएको र जनताको सुरक्षाका लागि नेपाल सरकार गम्भीर रहेको स्पष्ट पार्नुभयो ।

Share Now

Leave a comment.