Prakash Adhikari April 15, 2021

 

काठमाडौं, २ बैशाख । यही बैशाख ४ गतेदेखि काठमाडौंमा आयोजना हुने नेदरल्याण्ड र मलेसियासंगको त्रिकोणात्मक टि २० सिरिजको लागि नेपाल क्रिकेट संघले १५ सदस्यीय नेपाली राष्ट्रिय टोलीको घोषणा गरेको छ।

प्रारम्भिक प्रशिक्षण टिममा रहेका खेलाडीहरुमध्ये लोकेश बम, बिक्रम सोब, पवन सर्राफ, सन्दिप जोरा र ललित राजबंशीले अन्तिम १५ मा स्थान बनाउन सकेनन् ।

घोषित टोलीमामा ब्याट्सम्यानको रुपमा कप्तान ज्ञानेन्द्र मल्ल सहित उपकप्तान दिपेन्द्र ऐरी, पारस खड्का, आरिफ शेख, कुशल भुर्तेल टिममा छन्। टोलीमा विकेटकिपर ब्याट्सम्यानको रुपमा बिनोद भण्डारी र आसिफ शेख रहेका छन्। यस्तै अलराउण्डरको रुपमा करन केसी, सोमपाल कामी, कुशल मल्ल रहेका छन्। टिममा लेग स्पिनरको रुपमा सन्दीप लामिछाने, देब्रे हाते स्पिनरद्वय सुशन भारि र शाहब आलम छन् भने कमल सिंह ऐरी र अविनाश बोहरा फास्ट बलरको रुपमा रहेका छन्।

टोलीमा नेपालको लागि टि २० अन्तर्राष्ट्रियमा डेब्यु नगरेका खेलाडीहरु आसिफ शेख, शाहब आलम र कमल सिंह ऐरी मात्र हुन। कमलले एकदिवसीय अन्तर्राष्ट्रियमा भने डेब्यु गरिसकेका छन्।

कुन टोलीमा को को ?

नेपाल ः ज्ञानेन्द्र मल्ल ) कप्तान ) , दिपेन्द्र ऐरी (उपकप्तान) , पारस खड्का, आरिफ शेख, कुशल भुर्तेल, बिनोद भण्डारी (विकेटकिपर) , आरिफ शेख, कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर ), करन केसी, सोमपाल कामि, कुशल मल्ल, सन्दिप लामिछाने, सुशन भारि, शाहब आलम, कमल सिंह ऐरी, अविनाश बोहरा ।

नेपालमै अभ्यासरत मलेशिया र नेदरल्याण्ड्का तर्फबाट पनि खेलाडि घोषित भैसेकका छन् ,

नेदरल्याण्ड टिम ः पिटर सिलर ( कप्तान ) टोबीएस भिसे, बेन कुपर, म्याक्स ओ’ डोड, बास डी लिडे, बिक्रमजित सिंह, स्कट एडवार्ड्स, आर्यन दत्त, फिलिपे बोसेभेन, पल भान मिकीरन, भिभिएन किंग्मा, टोनी स्टाल, सेबास्टिएन ब्राट, जुलिएन डे मे

मलेसिया टिमस् एहमद फैज बिन मोहम्मद नुर (कप्तान) , भिरनदिप सिंह (उपकप्तान) , सयद अजिज बिन सयद मुबारक, शर्भिन मुनिएन्डी, मोहम्मद अनवर बिन अरुदीन, मोहम्मद शफिक बिन मोहम्मद शरिफ, ऐनुल हफिज बिन मोहम्मद यतीम, अमिनुदीन रामली, मुहम्मद अनवर बिन ए रहमान, सयजरुल एजात बिन इदृस, मुहम्मद वफिक इरफान बिन जर्बानी, पभनदिप सिंह, मुहम्मद फित्री बिन मोहम्मद शाम, खिजार हायत दुरानी, धीभेन्द्रन मोगन

सिरिज अन्तर्गत नेपालले उद्घाटन खेलमा नेदरल्याण्डसंग अप्रिल १७ तारिख (बैशाख ४ गते ) प्रतिस्पर्धा गर्नेछ भने नेपालको दोश्रो खेल मलेसियासंग अप्रिल १९ तारिखमा (बैशाख ६ गते) , तेश्रो खेल नेदरल्याण्डसंग अप्रिल २० तारिखमा(बैशाख ७ गते) नेदरल्याण्डसंग तथा चौथो खेल मलेसियासंग अप्रिल २२ तारिख( बैशाख ९ गते) खेल्ने तालिका रहेको छ।

नेपालले खेल्ने सबै खेल दिउसो सबा १ बजे सुरु हुनेछ। मलेसिया र नेदरल्याण्ड बीच अप्रिल १८ तारिख र अप्रिल २१ तारिखमा हुने दुईवटा खेल भने सबा १२ बजे सुरु हुनेछ। लिग चरणको खेल पछि १ दिन विश्राम रहेको छ , अप्रिल २४ तारिख (बैशाख ११ गते) फाइनल खेलिनेछ जुन खेल १ ः१५ बजे दिउसो सुरु हुनेछ।

डबल राउण्ड रोबिन फर्म्याटमा आयोजना हुने सिरिजमा सहभागी तीन टिमले एक अर्कासंग २ । २ खेल खेलेपछि अंकतालिकामा उत्कृष्ट हुने दुई टिम बीच फाइनलमा प्रतिस्पर्धा हुनेछ। सिरिज अन्तर्गत लिग चरणमा ६ वटा र फाइनल गरि कुल ७ वटा खेल खेलिने छन्।

 

Share Now

Leave a comment.