कीर्तिपुर(काठमाडौं), ९ बैशाख । नेपालमा भैरहेको त्रिदेशीय टि २० त्रिकेट श्रृखला अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपाल र मलेसियाबीच आज प्रतिस्पर्धा हुँदैछ ।
खेल नेपाली समय १ :१५ अपरान्हमा त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने खेलमा नेपाली खेलाडीहरु उच्च मनोबलका साथ खेल्ने बताइएको छ ।
नेपाल र नेदरल्याण्डले यस अघिनै फाइनलमा स्थान सुरक्षित गरिसकेकाले आजको खेल दुवै टिमको लागि प्रतिष्ठाको लागि हुनेछ। खेलमा मलेसिया सिरिजको पहिलो जितको खोजीमा हुनेछ भने नेपाल फाइनल अघि जितको लय चाहन्छ।
Malaysia : Faiz, Virandeep, Arudin, Aziz, Mogan, Muniandy, Rahman, Ramly, Sham, Wafiq
Nepal : G Malla, D Airee, Bhandari, Karan, Kami, Aasif, K Bhrutel, Bhari, K Airee, K Malla
Toss: Malaysia won the elected to field
सिरिजमा यस अघि भएको नेपाल र मलेसिया बीचको खेलमा नेपाल ९ विकेटले विजयी भएको थियो।
मलेसियाले दिएको ११० रनको लक्ष्य नेपालले १२.१ ओभरमा १ विकेटको क्षतिमा पूरा गरेको थियो। नेपालको लागि ब्याटिंगमा कुशल भुर्तेलले ६१ र आसिफ शेखले ४२ रन बनाएका थिए भने बलिंगमा प्लेयर अफ द म्याच समेत चुनिएका करन केसीले ३ विकेट तथा सन्दीप लामिछानेले २ विकेट लिएका थिए।
अन्तर्राष्ट्रिय टी २० मा डेब्यू गरेको प्रतियोगिताका खेलहरुमा लगातार अर्धशतक रन बनाएर विश्व कीर्तिमान कायम गरेका नेपालका ब्याट्सम्यान कुशल भूर्तेलमा सबैको ध्यान अडिएको छ ।
आज मैदानमा उत्रिन पाएमा उनले थप चमत्कार गर्ने अपेक्षा नेपाली क्रिकेटप्रेमीहरुको रहेको छ ।


















