काठमाडौं, १३ वैशाख । काठमाडौं उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक बसिरहेको छ ।
बैठकमा अप्रत्यासित रुपमा राजधानीमा फैलिएको कोरोना भाइरसको संक्रमण नियन्त्रण र रोकथामका लागि अबलम्बन गरिने उपायको बारेमा छलफल भैरहेको छ।
जिल्ला प्रशासन कार्यालयबाट प्राप्त सूचना अनुसार ‘यही वैशाख १६ गतेबाट निषेधाज्ञा लागु गर्ने प्रस्तावबारे छलफल भइरहेको छ । के–के बन्द गर्ने र के–के खुला गर्ने भन्ने कुरामा छलफल केन्द्रित छ ।’
कोरोना भाइरस समन्वय र व्यवस्थापन समिति(सीसीएमसी)को आइतबारको बैठकले पनि १६ गतेदेखि निषेधाज्ञा लागु गर्न सुझाव दिएको थियो ।
संयुक्त बैठकअघि काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुले गृह सचिव महेश्वर न्यौपानेसँग परामर्श गर्नुभएको बताइएको छ ।


















