Prakash Adhikari May 1, 2021

 

काठमाडौं, १८ बैशाख ।  विगत २४ घण्टाको अवधिमा नेपालमा यस घातक रोगबाट मर्नेको संख्यामा कमी आएको छ भने भारतको स्थलमार्ग र कोरोना संक्रमण देखिएका मुलुकबाट हवाईमार्गबाट आउने यात्रुहरुका कारण संक्रमित विरामीको संख्या भने बढेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज अपरान्ह जारी गरको बुलेटिनमा जनाइए अनुसार विगत २४ घण्टामा थप ५ हजार ७ सय ६३ जनालाई कोरोना सङ्क्रमण भएको छ भने यस घातक रोगको संक्रमणबाट १९ जनाको मृत्यु भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार शनिवार १४ हजार ९ सय ६९ जनामा परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। यो परीक्षण गरिएका नमूनाको कूल संख्याको ३८ प्रतिशत हो । यसले कोरोना फैलने भयावह अवस्थाको संकेत गर्दछ ।

यो दैनिक संक्रमणमा अहिले सम्मको सबैभन्दा धेरै हो । यसअघि गत कार्तिक ५ गते ५ हजार ७ सय ४३ जनामा सङ्क्रमण पुष्टि भएको थियो।

शुक्रवार ५ हजार ६ सय ५७ जनामा सङ्क्रमण पुष्टि भएको थियो भने ३३ जनाको मृत्यु भएको थियो।

सक्रिय सङ्क्रमण

मन्त्रालयका अनुसार हालसम्मकै सबैभन्दा धेरै गत बिहीवार ३५ जनाको कोभिड १९ का कारण मृत्यु भएको थियो।

गत २४ घण्टाको अवधिमा १ हजार २ सय ८७ जना निको भई घर फर्केको मन्त्रालयले जनाएको छ।

पछिल्लो समय नयाँ भेरिअन्ट देखिएसँगै सङ्क्रमित हुनेहरूको सङ्ख्या पनि बढ्दो क्रममा देखिएको अधिकारीहरूले बताएका छन् ।(स्रोतःबीबीसी)

Share Now

Leave a comment.